जेष्ठ २, २०८२ बिहीबार

झापामा वर्षाको दर बढेको बढ्यै, बिर्तामोडमा पनि १८७.६ मिमि

बिर्तामोड । झापामा वर्षाको मात्रा बढेको छ । आज बिहान ११ बजे गरिएको मापनका आधारमा वर्षाको दर बढेको हो ।

झापा का ३ बर्षा मापन केन्द्रले २४ घण्टामा केचना २०५.८, गौरादह १९३.४ र चन्द्रगडी एयरपोर्ट १९३.४ र आनरमनी विर्तामोड १८७.६ र कनकाइ मैनाचुलीमा २१३ , शनिश्चरे १२२, सिस्ने १३० बाहुण्डागी १४५ कन्याम १०२ मिमि बर्षा भएको जनाएको छ ।

इलामको बर्षामापन केन्द्रहरुमा पनि बर्षा क्रमिक बढ्दै छ । कनकाई नदीमा बाढी ३.०७४ मि. र निम्दा १२२.२८ खतराको लेवल कटेको छ । खतराको तह बढेपछि सबैलाई सुरक्षित हुन आग्रह गरिएको छ ।

विहान ९ः१५ मा गरिएको मापनमा तीन स्थानमा वर्षाको सामान्य तह पार गरेको थियो । कचनकवल, चन्द्रगडी विमानस्थल क्षेत्र र गौरादहमा वर्षाको मात्रा बढि थियो । वर्षाको सामान्य तह १४० मिलिमिटर हो ।

विहान कचनकवलमा १७९.८ मिमि, चन्द्रगडी १४४.२ मिमि, गौरादह १६२.२ मिमि वर्षा भएको थियो । बिर्तामोडमा ११६.६ मिलिमिटर वर्षा भएको थियो । यो दर बढेर गएको छ ।

प्रकाशित मिति : आश्विन ११, २०८१ शुक्रबार  ११ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]