बैशाख ३०, २०८२ मंगलबार

जितपछि लिभरपुल लिगको शिर्ष स्थानमा उक्लियो

काठमाडौँ । लिभरपुल इङलिश प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले वोल्भ्सलाई २-१ गोल अन्तरले पराजित गर्दै लिगको शिर्ष स्थानमा उक्लिएको हो ।

लिभरपुलको जितमा इब्राहिमा कोन्टे र मोहमद सलाहले एक एक गोल गरेका थिए । त्यसैगरी वोल्भ्सका लागि रयान एट नोउरीले एक गोल गरेका थिए ।

यो जितपछि लिभरपुल ६ खेलमा १५ अंक हासिल गर्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै वोल्भ्सको भने यस सिजनमा यो पाँचौ हार हो । यो हारपछि वोल्भ्सको ६ खेलमा एक अंकसहित पुछारमा रहेको छ ।

प्रकाशित मिति : आश्विन १३, २०८१ आईतबार  ८ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]