जेष्ठ ३, २०८२ शुक्रबार

बिर्तामोड वाणिज्य संघको नवनिर्मित बैठक कक्षको उद्घाटन

झापा । बिर्तामोड उद्योग वाणिज्य संघले विजया दशमीको अवसर पोरर नव निर्मित बैठक कक्षको उद्घाटन गरेको छ ।

१५ लाख रुपैयाँको लागतमा तयार गरिएको बैठक कक्षको बिर्तामोड नगरप्रमुख पवित्रा देवी महतारा प्रसाईले रिवन काटेर उद्घाटन गरिन् । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वाणिज्य उपाध्यक्ष जीवन कुमार खड्काले गरेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वन्धु प्रसाद वास्तोला सहित व्यवसायीहरु मोहन ढकाल, मोहन मित्तल, राप्रपा नेतृ रञ्जु प्याकुरेल लगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए ।

प्रकाशित मिति : आश्विन १७, २०८१ बिहीबार  १० : २७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]