जेष्ठ ४, २०८१ शुक्रबार

कृषकलाई २२ करोड ४० लाख अनुदान

विराटनगर । समग्र कृषि क्षेत्रको प्रबद्र्धन र बजारीकरणका लागि प्रदेश १ को सरकारले कृषकहरुलाई २२ करोड ४० लाख रुपैयाँ अनुदान रकम वितरण गरेको छ ।

भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले पशुपन्छी व्यवसाय प्रबर्धन कार्याक्रम, मिल्क एनालाइजेर वितरण कार्यक्रम र पशु स्वास्थ्य कार्यक्रम अन्तर्गत कृषि क्षेत्रमा आवद्ध कृषक, कृषक समूह, सहकारी, व्यवसायी र्फमलाई ७० प्रतिशतसम्म अनुदान रकम दिएको हो ।


मन्त्रालयले पशुजन्य पदार्थ उत्पादन, बिबिधिकरण र बजारीकरण, बधशाला स्थापना, मासु चिस्यान घर, दूध ढुवानी साधन खरिदलगायतका १४ वटा कार्यक्रमका लागि कृषकहरुलाई अनुदान दिएको हो ।
मन्त्रालयका सूचना अधिकारी कुमारसिंह खत्रीले मन्त्रालयको वार्षिक कार्यक्रम अन्तर्गत पशुजन्य पदार्थ उत्पादन, बिबिधिकरण र बजारीकरणको प्रबर्धनका लागि १० लाखदेखि डेढ करोड रुपैयाँसम्म अनुदान दिएको जानकारी दिए ।


‘प्रदेश सरकारले समग्र कृषि क्षेत्रको विकास सगै प्रबर्धन र बजारीकरणलाई प्राथमिक्तामा राखेको छ,’ खत्रीले भने, ‘सरकारको नीति तथा कार्यक्रम अनुसार नै कृषि क्षेत्रको विकास र प्रबर्धनका लागि यो अनुदान रकम उहाँहरुलाई प्रदान गरेको हो ।’ मन्त्रालयले अनुदान प्रदान गर्ने १४ वटा कार्यक्रमका लागि प्रस्ताव आव्हान गरेको थियो ।


प्रस्ताव आब्हान गरिएका मध्ये १ सय ४ वटा प्रस्ताव मन्त्रालयले स्वीकृत गरी कार्यक्रम सम्झौता गरिरहेको छ । विभन्न १४ वटा कार्यक्रम अन्तर्गत प्रस्ताव आब्हानका क्रममा ३ सय १३ वटा प्रस्ताव मन्त्रालयमा परेका थिए । जसमध्ये कार्यक्रमका लागि सम्पूर्ण मापदण्ड पुरा गरेका १०४ वटा प्रस्ताव मन्त्रालयले स्वीकृत गरेको सूचना अधिकारी खत्रीले जानकारी दिए ।

प्रकाशित मिति : जेष्ठ ६, २०७६ सोमबार  १ : १२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]