जेष्ठ २, २०८२ बिहीबार

राजकीय सम्मानका साथ विश्व प्रसिद्ध उद्योगपति रतन टाटाको अन्त्येष्टि गरिने

नयाँ दिल्ली । भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको बुधबार राति मुम्बईको एक अस्पतालमा निधन भएको छ । टाटा सन्सका अध्यक्ष एन। चन्द्रशेखरनले टाटा समूहको तर्फबाट एक विज्ञप्ति जारी गर्दै रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको पुष्टि गरेका छन्।

उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको थियो। उनी उमेरसँग सम्बन्धित रोगबाट पीडित थिए । राति करिब २ बजे उनको शव अस्पतालबाट घर ल्याइएको थियो । महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले टाटाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने बताएका छन्।

प्रकाशित मिति : आश्विन २४, २०८१ बिहीबार  १ : २९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]