दशैं स्मरण : झिलझिलेमा हराएको भाई सुरुङामा भेटियो
निता घतानी
हरेक वर्ष दशै आउन साथ बाल्यकालमा सबै कुराहरु स्मरण हुन्छ । सबैलाई जस्तो बाल्यकालको दशैं मलाई पनि याद हुन्छ । कहिले स्कुल बिदा हुन्छ र नयाँ लुगा कस्तो हुन्छ भन्नेमा धेरै ध्यान जान्थ्यो ।
आज पनि बिजुली अफिसको पुरानो टोयटा गाडी देख्दा टिकाको दिन झिलझिले मुलघरमा टिका लाउन गएको दिनको सम्झना आउछ । सबै भन्दा स्मरणीय कुरा चाहिँ टिकाको दिन भाई रोसन घतानी झिलझिनेलेबाट हराएको थियो । केही घन्टापछि सुरुङ्गमा भेटिएको थियो । त्यो सधै याद हुन्छ ।
हाल रोसन बिदेशमा छ । यो वर्षको दशै भाई बिना अलि रौनक छैन । उसै पनि २०७१ सालबाट दशै अलि फरक छ हाम्रो ।
दिदीको स्वर्गवासपछि बुवा ममी अलि खुसी हुनु हुदैन । सधै परिवारमा दिदीको अभाव हुने । यो वर्ष भाई पनि नहुँदा दशै परिवारसँगै नहुँदा खुसी नि नहुने रहेछ । उमेर बड्दै जादा सबै परिवर्तन हुने रहेछ । बाल्यकालमा इच्छाहरु सबै पूरा हुन्थ्यो । अहिले र पहिलेलाई तुलनात्मक रुपमा हेर्ने हो भने पहिलाको दशैले नेपालीहरुको महान चाडको संस्कारलाई जोगर्ना गरेको थियो ।
सबै कुरा टिपिकल नेपाली शैलीमा थियो । तर अहिले अलि फरक छ । दशैमा कसैको घरमा सयपत्री फुलको बिरुवा हुदैन । अलि धेरै सामाजिक संजालको लागि मनाएको दशै जस्तो हुन्छ ।
यो पटक देशमा संकट छ । धेरेले आफ्नो घर गुमाउनु परेको अवस्था छ । समाचार कतै शुभ छैन । यो दशै खासै रौनक छैन । सन्थाल नाच र मेलाले दशैलाई सधै रमाइलो बनाउने गरेको छ ।
नेपालीहरुको धेरै चाडपर्व छ । दशै विशेषत सबै परिवारसँगै नहुँदा अलि नरमाइलो हुने रहेछ ।
सबैमा शुभदशैं ।