बैशाख २७, २०८२ शनिबार

सरकारको सय दिन सफल : कानुनमन्त्री चौरसिया

पर्सा, १ कात्तिक । कानुन न्याय तथा संघीय मामिलामन्त्री अजयकुमार चौरसियाले वर्तमान सरकारको सय दिन सफल भएको दाबी गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘प्रमुख दुई दल नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) सहित अन्य दलहरुबीच सहकार्य भई गठन भएको सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सुशासनको प्रत्याभूति दिलाउन सफल रहेको छ ।’

नेपाल प्रेस युनियन पर्साद्वारा आज वीरगञ्जमा दशैं, तिहार, छठ र नेपाल संवत्को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले स्थानीय तहलाई बलियो बनाउन संघीय सरकारले सहयोग गर्ने जानकारी दिनुभयो ।

सञ्चारकर्मीका जिज्ञासामा मन्त्री चौरसियाले आगामी संसद्को हिउँदे अधिवेशनमा संघ, प्रदेश र स्थानीय तहसँग सम्बन्धित कानुनहरु पारित हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘आगामी संसदको हिउँदे अधिवेशनमा शान्ति प्रक्रियासंग सम्बन्धित बाँकी विधेयक पनि पारित हुन्छन् ।’

प्रकाशित मिति : कार्तिक १, २०८१ बिहीबार  १ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]