बैशाख २७, २०८२ शनिबार

स्वदेशमा उत्पादित पुजा सामग्री ‘दिब्यदृष्टि’ ब्राण्डको प्रयोग बढ्दै

दमक । स्थानीय स्तरमा पाइने श्रोत साधनको अधिकतम प्रयोग गरेर र स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्दै आएको झापाको कमल गाँउपालिकामा रहेको दिब्यदृष्टि ब्राण्ड (डिडिभिएसि) को पुजा सामग्रीको प्रयोग बढ्दै गएको छ ।

दिब्यदृष्टिले आकर्षक र भारतसँग प्रतिस्पिर्धी प्याकेजिङसँगै गुणस्तरीय पुजा सामग्री उत्पादन गर्दै आएको छ ।
मौलिक धर्म संस्कृति र संस्कारको जगेर्ना गर्ने उदेश्यका साथ ५ वर्षअघि झापाको कमल गाँउपालिका वडा नं. ६ मा शुरु भएको दिब्यदृष्टि भनेरेशन एण्ड एग्रो कन्सर्न प्रा.लि. अर्थात दिब्यदृष्टि पुजा सामग्री उद्योगका उत्पादनहरु कोशी प्रदेशको अलवा देशभर नै माग हुन थालेको उद्योगका सञ्चालक बिष्णुप्रसाद पोखरेलले बताएका छन् ।

घर आँगनमा पाईने दुबो, कुशदेखि लिएर नवग्रह समिधामा प्रयोग हुने सामग्री समेत भारतमा निर्भर रहनुपर्ने अवस्थामा स्वदेशी नवग्रह समिधा, हवन सामग्री, एन्टि ब्याक्टोरियल बाटेको धुप, गोमूत्र, गंगाजल, सप्तमृतिका, सप्तधान्य, सर्वोषधि, पञ्चरत्न, परिमल, हवनका लागि चाहिने दिब्य समिधा लगायतका पुजा सामग्रीहरु उत्पादन हुँदै आएको पोखरेलले जनाएका छन् ।

जौ, कालोतील, सरसिउ लगायतका स्थानीय उत्पादनहरु पनि उपलब्ध गराउदै आएको जनाईएको छ । बिभिन्न पर्वहरुमा आवश्यक पर्ने सामग्रीहरु पनि उत्पादन हुँदै आएको छ । दशैमा जमरा बीउ, बालचर्तुदशीमा छर्नका लागि शतविजहरु पनि उद्योगले उत्पादन गर्ने गरेको छ । केही महिनाभित्रमा अन्य एक दर्जन भन्दा बढि पुजाका अति आवश्यकीय सामग्रीहरु उत्पादन गर्ने तयारी भइरहेको छ, पोखरेलले भने ।

बाटेको धुपमा मात्र ५ वटाभन्दा बढि समुहले अर्ध रोजगारी पाएका छन् भने उद्योगमा एक दर्जनलाई रोजगारी दिएको छ । उद्योगकी सञ्चालिक बविता तिम्सिनाका अनुसार कृषिमा आधारित मौलिक पुजा सामग्री उत्पादनले माया पाईरहेको बताईन् । पुजा पसलहरुले स्थानीय उत्पादन अर्थात दिब्यदृष्टिको उत्पादनलाई स्थान दिएर बिक्री बितरण गर्दै आएको र उत्पादन क्षमता बढाउन थालिएको उनको भनाई छ ।

सबैको माया र सदभावले स्थानीय उत्पादन अर्थात दिब्यदृष्टिको उत्पादनलाई देशभर पुर्याउने योजना छ, उनले भनिन्– पुजा पसलहरुमा जाँदा दिब्यदृष्टिकै पुजा सामग्री माग्न थालिएको पाउदा खुशी लाग्छ । स्थानीय उत्पादनको उपयोगले स्थानीय उद्योग प्रवद्र्धन हुने भएकाले यसमा सबैको सहयोग पाउनेमा विश्वास रहेको पनि बताएकी छन् ।

कमल गाँउपालिकाका अध्यक्ष हुकुमसिंह राईले कमल गाँउपालिकामा स्थापना भएको दिब्यदृष्टि पुजा सामग्री उद्योगले स्थानीय कृषि उत्पादनहरुलाई प्रयोग गरेर पुजा सामग्री उत्पादन गरेर राम्रो बजार पाउन थालेको पाएको बताए । यसले परम्परागत संस्कृतिको जगेर्नासंँगै स्थानीय उत्पादन प्रवद्र्धन गर्दै स्वदेशी उत्पादन प्रयोगका लागि उपभोक्तालाई आकर्षित गरेको राईले उल्लेख गरे ।

पछिल्लो समयमा दिब्यदृष्टिसंग मिल्दाजुल्दा पुजा सामग्री उत्पादन गरेर बजारमा दिब्यदृष्टिकै उत्पादन हुन भनेर ठगी गर्ने काम पनि शुरु भएको पाइन थालेकाले त्यस्तो भ्रममा नपर्न पनि उद्योगले आग्रह गरेको छ । दिब्यदृष्टिको बिलभरपाई, लोगो र उत्पादन यकिन गरेर मात्र किनबेच गर्न तथा उपयोग गर्न उद्योगका सञ्चालक पोखरेलले आग्रह गरेका छन् ।

प्रकाशित मिति : कार्तिक ६, २०८१ मंगलबार  ७ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]