हरिकुलमा देउसी भैलो प्रतियोगितालाई निरन्तरता
चन्द्र बस्नेत
कनकाई । तिहारलाई लक्षित गरेर झापाको कनकाई–३ सुरुङ्गामा रहेको हरिकुल नमूना माध्यमिक विद्यालयले तेस्रो खुला सामूहिक देउसी भैलो प्रतियोगिता–२०८१ आयोजना गर्ने भएको छ । लोक संस्कृतिको प्रबद्र्धन हाम्रो जिम्मेवारी’ भन्ने नाराका साथ नेपालीहरूको महान पर्व बडादशै , शुभ – दिपावली , छट तथा नेपाल सम्वत् अवसर पारी आगामी कात्तिक १४ गते बुधवार विद्यालयको परिसरमा कार्यक्रमको आयोजना गर्ने निश्चित भएको विद्यालयकी प्रबन्ध निर्देशक ग्रिशा रावल थापाले जानकारी दिइन् ।
हरिकुल नमुना माध्यमिक विद्यालयले बालबालिकालाई नेपालीहरूको महान पर्वहरू बडा दशैँ , शुभ – दिपावली ,छठ तथा नेपाल सम्वत् लगायत थुप्रै चाडपर्वहरूको संरक्षण तथा संस्कृति बचाइराख्ने उद्देश्यका साथ विगतका वर्षहरूमा पनि आयोजना गर्दै आएको प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिन तेस्रो खुला सामूहिक देउसी भैलो प्रतियोगिता आयोजना गर्न लागिएको प्रबन्ध निर्देशक थापाले बताए ।
कार्यक्रममा कला संस्कृति संरक्षका बारेमा विभिन्न सचेतना मूलक पुराना देउसी भैलोका भाकाहरु प्रस्तुत हुने विद्यालयका प्रिन्सिपल रोशन खत्रीले जानकारी दिउ ।
प्रतियोगितामा सहभागी हुने समूहले कार्तिक १३ गते सम्म नाम दर्ता गरिसक्नु पर्ने छ । ५ देखि १५ जना ले मात्र टोलीमा सहभागी जनाउन सक्नेछन् । १० देखि १५ मिनेट समय भित्र प्रस्तुत गरिसक्नु पर्ने देउसी भैलोमा सहभागीहरूले परम्परागत लोक संस्कृति झल्कने पहिरन अनिवार्य लगाउनु पर्ने आयोजकले नियम बनाएको छ ।
खुलादेउसी भैलो प्रतियोगितात्मक कार्यक्रममा प्रथम हुनेलाई नगद २५ हजार रुपैयाँका साथमा प्रमाणपत्र त्यस्तै द्वितीय हुनेलाई नगद १५ हजार रुपैयाँका साथमा प्रमाणपत्र त्यस्तै तृतीय हुनेलाई नगद १० हजार रुपैयाँका साथमा प्रमाणपत्र र सान्त्वना हुनेलाई पनि पुरस्कारको व्यवस्था रहेको विद्यालयका सञ्चालक साजन थापाले बताए ।
अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न समयमा विद्यालय स्तरीय भएका प्रतियोगिताहरूमा दर्जनभन्दा धेरै प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको विद्यालयका प्रिन्सिपल खत्रीको भनाई छ ।
विद्यालयले पढाईका साथसाथै हरेक शुक्रबार ईसिए अन्तर्गत विद्यार्थीको रोजाइ अनुसारको सिकाइ सिकाउने गरेको सञ्चालक साजन थापाले बताए । विशेष गरेर विद्यालयले पढाई सँगसँगै बाहिरी ज्ञानलाई पनि उतिकै प्राथमिकतामा राखेको र हरेक चाडपर्व मनाउने परम्परालाई पनि विद्यालयबाट नै सिकाउने गरेको शिक्षक सन्दीप मरासिनीले जानकारी दिए । खुला प्रतियोगिता भएकोले विद्यालय र समुदायका देउसी टोलीले प्रतियोगितामा सामेल हुन सक्ने बताइएको छ ।
लामो समय विदेशको शिक्षण सिकाइ अब आफ्नै ठाउँमा लागू गर्न लागिपरेको भन्दै व्यवस्थापक राजु थापाले बालबालिकाहरू भविष्यका कर्णधार हुन भन्दै बाहिरी ज्ञानलाई पनि उतिकै प्राथमिकता राखिएको र त्यही अनुसार विद्यालयले शिक्षण सिकाई गरिरहेको बताए ।
विद्यार्थीहरूले यसअघि पनि विभिन्न समयमा वृक्षरोपण, विज्ञान प्रदर्शनी, विभिन्न स्थानको सरसफाई, डस्टबिन वितरण ,विभिन्न कार्यक्रममा विद्यार्थीको सहभागिता विभिन्न दिवस र सन्दर्भमा विद्यार्थीहरूलाई भूगोल, समाज, कला र संस्कृति लगायत कार्यक्रममा विद्यार्थीलाई सहभागी गराउने गरेको प्रबन्ध निर्देशक थापाले जानकारी दिए । ०५१ सालमा थोरै बिद्यार्थीबाट अध्यापन शुरु गरेको बिद्यालयमा हाल १ हजार ५० बढी बिद्यार्थी ५० बढी शिक्षक शिक्षिका ३० जना भन्दा धेरै अन्य कर्मचारीहरुका साथमा शिक्षण सिकाई गरिरहेको विद्यालयका प्रिन्सिपल रोशन खत्रीले जानकारी दिए ।