बैशाख १७, २०८१ सोमबार

जागिरकाे प्रलाेभन देखाइ भारततर्फ लैजाँदै गरिएका दुई युवतीकाे उद्धार

झापा ।  वैदेशिक रोजगारको प्रलोभन देखाइ भारततर्फ लैजाँदै गरिएका दुई युवतीलाई पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रहरीले उद्धार गरेको छ । साथै मानव बेचबिखनको अभियोगमा एक जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा दोलखा तामाकोशी गाउँपालिका ४ घर भएका २१ वर्षीय सुदीपबाबु पोखरेल रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजेन्द्र पोखरेलले जानकारी दिनुभयो । सुदीपलाई मानव बेचबिखन तथा ओसारपसारको मुद्दा चलाइ अनुसन्धान भैरहेको उहाँले जानकारी दिनुभयो । 

अभियुक्त सुदीपले काभ्रेपलाञ्चोक घर भएका १६ र २२ वर्षीया युवतीलाई भारतमा २२ हजार रुपैयाँकाे जागिर लगाइ दिने प्रलोभन देखाइ लैजाँदा गरेको अवस्थामा बिहीबार काँकडभिट्टाबाट ‘साना हातहरु नेपाल’ नामक संस्था र प्रहरीले संयुक्तरुपमा उद्धार  गरेका थिए ।

उद्धार गरिएका युवतीलाई सस्थाको संरक्षण गृहमा राखिएको छ । 

प्रकाशित मिति : माघ १७, २०७६ शुक्रबार  ११ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]