चैत्र ६, २०८० मंगलबार

प्रधानमन्त्रीलाई ‘मार्दिन्छु भनेर कमेन्ट’ गर्ने पक्राउ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘मार्दिन्छु भनेर कमेन्ट’ गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका लालबहादुर तामाङ छन् ।


महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई पक्राउ गरेको हो । महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार उनले केही दिनअघि गरेको कमेन्टको विषयलाई लिएर पक्राउ गरिएको छ । सामाजिक सञ्जाल फेसबुकमा नेपाली खबर नामक वेवसाइटमा शेयर गरिएको एउटा कन्टेन्टमा उनले त्यस्तो कमेन्ट लखेका थिए ।


‘५० करोड दिनुस् म मोदीलाई मारी दिन्छु’ भनेर प्रकाशित सामग्रीमा सलिम यान्जन तामाङ भाइ नामक आइडीबाट उनले ‘५० लाख दिनुस् ओलीलाई मार्दिन्छु’ भनेका थिए ।

प्रकाशित मिति : जेष्ठ ६, २०७६ सोमबार  ५ : ०० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]