बैशाख २५, २०८२ बिहीबार

आजदेखि बिर्तामोडको हिकोला रोड एकतर्फी

बिर्तामोड । अति व्यस्त बन्दै गएको झापा बिर्तामोड बजारका भित्री सडकलाई आजदेखि एकतर्फी बनाइने भएको छ ।
केहीदिनअघि बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको छलफलबाट आजदेखि सडक एकतर्फी बनाइने निर्णय भएको थियो ।

निर्णयअनुसार काँकरभिट्टा रोडबाट कृषिथोक जाने हिकोला रोडमा सवारी साधन एकतर्फी (दक्षिणबाट उत्तर) मात्र सञ्चालन गर्न पाइनेछ । त्यस्तै, हिकोला रोडमा प्रत्येक महिनाको १५ गतेसम्म सडकको पूर्वतर्फ र १६ गतेबाट मसान्तसम्म पश्चिमतर्फ दुईपांग्रे मात्र पार्किङ गर्न पाइने भएको छ ।

त्यस्तै, हिकोला रोडमा सामग्रीहरु लोड अनलोड गर्ने ठुला सवारी साधनलाई बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म प्रवेश निषेध गर्ने र शनिश्चरे रोड ग्लोबल आइएमइ बैंक हुँदै कृषि थोक चोक (चौबाटो) सडक क्षेत्रमा पार्किङ निषेध गर्ने निर्णय भएको बिर्तामोड वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले बताए ।

प्रकाशित मिति : कार्तिक ११, २०८१ आईतबार  ९ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]