बैशाख २५, २०८२ बिहीबार

तिहारका लागि १ अर्ब बराबरको भाइमसला आयात

बिर्तामोड । यो वर्षको तिहारको भाइटीका आउँदो कात्तिक १८ मा परेको छ । यस वर्षको भाइटीका पर्व तिहारका लागि १ अर्ब बराबरको भाइमसला आयात भएको भन्सार विभागले तथ्यांक सार्वजनिक गरेको छ ।

तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएपछि आशीर्वचनसहित मीठामीठा खानेकुरा खुवाउने चलन छ । विभागको तथ्यांकअनुसार असोजसम्म १ अर्ब ११ करोड ७ लाख १० हजार रुपैयाँको काजु, बदाम, ओखरलगायत भाइमसलामा प्रयोग हुने ड्राइफ्रुट आयात भएको हो ।

विभागका अनुसार १ करोड ४५ लाख ६ हजार रुपैयाँको १२ हजार ७७७ किलो पेस्ता र आयात भएको छ भने २६ करोड १ लाख ६८ हजार बराबरको २ लाख ९८ हजार ९४६ किलो काजु आयात भएको छ ।

यस्तै, १८ करोड ५९ लाख ५८ हजारको २ लाख ३२ हजार ६९३ किलो बदाम, ३ लाख २० हजार ८७८ हजार रुपैयाँको ६० लाख ६३ हजार ५९५ किलो नरिवल २ लाख बराबरको २४० किलो कटुस, १ करोड ३० लाखको १ लाख २४ हजार १७७ किलो छोकडा नेपाल भित्रिइसकेको विभागको तथ्यांकले देखाएको छ ।

तिहारमा प्रयोग हुने १० करोड ६१ लाख ६१ हजारको ३२४६७५ किलो किसमिस र २० करोड ९८ लाख ३९ हजार रुपैयाँको ओखर आयात भएको छ । किसमिस भाइमसलामा प्रयोग गरिन्छ भने ओखर दाजुभाइको दीर्घायु कामना गर्दै दिदीबहिनीले दैलोमा फुटाउने चलन छ । यसले दाजुभाइका शत्रु नास हुन्छन् भन्ने धार्मिक विश्वास छ । तिहार दिदीबहिनी र दाजुभाइबीचको सम्बन्ध सुमधर बनाउने चाड मात्र नभएर पशुपक्षीलाई समेत पूजाआजा गरेर मनाइने पर्व पनि हो ।

पाँच दिनसम्म मनाइने तिहारको अन्तिम दिन भाइटीका मनाइन्छ । यो दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका लगाइदिएर विभिन्न परिकार खुवाउने चलन छ। यो दिन चामलको परिकार बनाएर खुवाउनु शुभ मानिन्छ । सेलरोटी, फिनी, अनरसा, खुर्मा रोटी, सिन्कामारी आदि परिकार बनाइने चलन छ । यी परिकार घरमै तयार गर्न सकिन्छ ।

प्रकाशित मिति : कार्तिक ११, २०८१ आईतबार  ९ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]