बैशाख ११, २०८१ मंगलबार

सम्पादकीय : अंग्रेजी माध्यमको नकारात्मक पक्ष

केहि वर्षदेखि देशभर सामुदायिक विधालयमा अंग्रजी माध्यमको हुरी चलिरहेको छ । त्यसको प्रभाव झापामा उनि उत्तिकै व्याप्त छ । झापाका कुनाकन्दरामा सामुदायिक विधालय अंग्रेजी माध्यमको हुरी चलाउन अझै पनि व्यस्त छन् । शिक्षक कर्मचारीको चरम लापरवाहीले विधालय उराठलाग्दो भएपछि अंग्रेजी माध्यमलाई औषधिको रुपमा ग्रहण गरिदैछ । अंग्रेजी माध्यम अर्थात विधालयको शैक्षिक विकासको आधारमा रुपमा लिइदै गएको छ । अंग्रेजी माध्यम विधालयमा औषधिको रुपमा लिइए पनि यसको कारण विधालयमा विधार्थीविच विभेद्को खाडल निर्माण गरिदैछ ।

सामुदायिक विधालय भनेकै गरिव विपन्नले अध्ययन गर्ने ठाउँ हो । तर, पछिल्लो समय विधालयको गुणस्तर सुधारको नाममा प्राय ः सामुदायिक विधालयहरुमा अंग्रेजी माध्यम सञ्चालन गरि राखिएको छ । एउटै विधालयमा अध्ययन गर्ने विधार्थी अब दुई किसिमको उत्पादन हुने भए । एउटा विधार्थी अंग्रेजी माध्यम अध्ययन गरेर अंग्रेजीमा दख्खल राख्ने भयो भने अर्को विधार्थी नेपालीमा दख्खल हुने भयो । एउटै विधालयमा यस प्रकारको कक्षा सञ्चालनले आज त केहि सकारात्मक सूझाव पाइएको होला , तर यसले दिर्घकालिन रुपमा भने नराम्रो असर पक्कै गर्ने छ ।

गरिव, विपन्न परिवारको छोराछोरी सामुदायिकमा अध्ययन गर्छन् । वर्गीय रुपमा सामान्य आम्दानी गर्नेहरु पनि अहिले नीजि विधालय नै पठाइरहेका छन् । उनीहरु सबै अंग्रेजी माध्यममै अध्ययन गर्छन् । अब गरिव , विपन्नमा पनि केहि आर्थिक स्रोत राम्रो भएको परिवारले सामुदायिक विधालयमा पनि अंग्रजी माध्यममै पढाउने भए । गरिव फेरि पनि विभेद मै पर्ने भयो । यसका कारण सकिन्छ भने सबैलाई अंग्रेजी माध्यममा अध्ययन गर्ने वातावरण बनाउने प्रयास गरौं । होइन भने कसैलाई अंग्रेजी, कसैलाई नेपालीको नाममा अर्को विभेद्को खाडल निर्माण नगरौं । यसले विधार्थीको मानसिकतामा समेत नकारात्मक प्रभाव पार्नेछ ।

प्रकाशित मिति : माघ १८, २०७६ शनिबार  ८ : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]