जेष्ठ ६, २०८१ आईतबार

चन्द्रगडीमा सीसी क्यामेरा जडान गर्ने

भद्रपुर । झापाको सदरमुकाम चन्द्रगडी क्षेत्रमा शान्ति सुरक्षालाई मध्यनजर गरी सीसी टिभी क्यामरा जडान गर्न चन्द्रगढी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष ज्ञानबहादुर चौहानको नेतृत्वमा समिति गठन गरिएको छ ।

समितिमा जिल्ला प्रहरी कार्यालय झापा, वडा कार्यालय भद्रपुर १०, पूर्व प्रहरी संगठन, महिला सञ्जालका प्रतिनिधि, उद्योगी व्यवसायीका प्रतिनिधि, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि समेटिने गरी १० सदस्यीय समिति गठन गरिएको हो ।

समितिले विभिन्न वित्तीय संस्था तथा दाताहरूसँग समन्वय गरी आर्थिक संकलन मार्फत सीसी क्यामरा जडान गर्ने जिम्मेवारी लिएको छ । विगतमा जडान भएर पनि काममा आउन नसकेको सीसी क्यामरा सञ्चालनको कमजोरी समेत खोजी गरी अब भने निरन्तर सञ्चालनको वातावरण बनाउने प्रतिवद्धता समेत व्यक्त गरिएको छ ।

प्रकाशित मिति : माघ १८, २०७६ शनिबार  ८ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]