बैशाख २५, २०८२ बिहीबार

एनएमसीले पायो १६ लाख ६६ हजार

काँकरभिट्टा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)लाई नेको इन्स्योरेन्स कम्पनीले बिमा बापतको क्षतिपूर्ति रकम भुक्तानी गरेको छ ।

संस्था अन्तर्गतको घैलाडुब्बा कार्यालयमा रहेको भल्टबाट गत असार ४ गते राती चोरी भएको १८ लाख ८० हजार रुपैयाँको करिब ९० प्रतिशत रकम १६ लाख ६६ हजार रुपैयाँ भुक्तानी गरेको हो ।

आइतबार संस्थाको कर्पाेरेट कार्यालयमा बिमा कम्पनीको तर्फबाट क्षेत्रीय प्रमुख गणेश खत्री र बिर्तामोड कार्यालयका प्रमुख सुमन पोद्दारले संस्थाका प्रबन्धकद्वय चेतन शर्मा पौडेल र नवीन भण्डारीलाई सो रकमको चेक हस्तान्तरण गरेका थिए । घैलाडुब्बा कार्यालयबाट चोरी भएको सो रकमका बारेमा अनुसन्धान भइरहेको भएपनि लुटेराहरु अझै पक्राउ पर्न नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : माघ १९, २०७६ आईतबार  ६ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]