बैशाख २३, २०८२ मंगलबार

रवि लामिछाने पक्राउको विरोधमा ८ प्रदर्शनकारी पक्राउ

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउको विरोधमा उत्रिएका ८ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार दिउँसो विरोधमा उत्रिएका उनीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई वडा प्रहरी कार्यालय, बैदाम लगिएको छ । गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई कास्कीस्थित जिल्ला प्रहरी कार्यालय पोखराको हिरासतमा राखिएको छ ।

रविलाई आजै म्याद थपका लागि अदालत लगिएको छ । रास्वपाका कार्यकर्ताहरू पोखराको रत्न चोक हुँदै वाइ चोक लगायतका क्षेत्रमा प्रदर्शन गरिरहेका छन् ।

आन्दोलनमा उत्रिएका कार्यकर्ताले निषेधित क्षेत्र तोड्न थालेपछि प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियो । कात्तिक २ गते पक्राउ परेका लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीले कात्तिक ८ गते दोस्रोपटक ७ दिन म्याद थप गरेको थियो ।
उक्त म्याद कात्तिक १४ गते नै सकिए पनि १५ गतेदेखि तिहार बिदा सुरु भएकाले उनी हिरासतमै रहे । आजबाट तिहार बिदा सकिएर अदालत खुलेकाले पुनः म्याद थपका लागि प्रहरीले उनलाई अदालत उपस्थित गराएको हो । जिल्ला अदालत कास्कीले म्याद थप गरेमा उनलाई बुटवल पठाउने तयारी छ ।

बुटवलको सुप्रिम सहकारी ठगीको पूरक जाहेरीका आधारमा बयानलगायत अनुसन्धानका लागि लामिछानेलाई बुटवल लैजान लागिएको हो ।

प्रकाशित मिति : कार्तिक २०, २०८१ मंगलबार  २ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]