बैशाख २३, २०८२ मंगलबार

रुकुमदेखि काठमाडौंका लागि छुटेको बस दुर्घटना, २१ जना घाइते

बागलुङ, २१ कात्तिक । बागलुङमा आज बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

रुकुमदेखि काठमाडौंका लागि छुटेको ना ८ ख ८४१४ नम्बरको बस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा दुर्घटनामा परेको हो । दुर्घटनामा परेका सबै घाइतेलाई बुर्तिबाङ प्राथमिक केन्द्र बागलुङमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक सुनिल शर्मा चिलवालले जानकारी दिए ।

गाडीमा ४० यात्रु सवार रहेको प्रहरीको भनाइ छ ।

हाल प्रहरी र स्थानीयले उद्धार गरिरहेको प्रहरी निरिक्षक चिलवालले बताए । उनका अनुसार बुर्तिबाङबाट थप प्रहरी पठाइएको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : कार्तिक २१, २०८१ बुधबार  ६ : २४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]