मंसिर २२, २०८१ शनिबार

२७ औँ पटक दण्डप्रणाम गर्दै प्रदेश सांसद पराजुली छठ पुजामा

विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं कोशी प्रदेश सभा सदस्य भीम पराजुलीले यो पटक पनि दण्डप्रणाम गर्दै छठ पुजा गर्न जानु भएको छ । विराटनगर महानगरपालिकाका पूर्व मेयर समेत रहनु भएका पराजुली लगातार २७ औँ पटक दण्डप्रणाम गर्दै छठ पुजाको लागि घाट जानु भएको हो ।

देशको सम्वृद्धि र शान्तिको कामना गर्दै छठको व्रत बसेको पराजुलीले बताउनुभयो । निराहार व्रत बस्पनु भएका पराजुली विराटनगर–३ ठूलोमिल चोकस्थित शिव पाञ्चायन मन्दिरबाट आज बिहान १० वजे दण्ड प्रणाम गर्दै करिब ३ किमी दुरी पार गरेर सिङ्घीया घाट जानु भएको हो ।

दण्डप्रणाम यात्रापछि उहाँले आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर घाटमा रातभर जाग्राम बसी भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गर्नु हुने छ । उहाँको दण्डप्रणाम यात्रामा भतिज प्रमिश पराजुलीले साथ दिनु भएको पराजुलीको सचिवालयले जनाएको छ ।

मनोकांक्षा पुर्ण हुने विश्वासको साथ भाकल गरी छठको व्रत बस्नेहरु दण्ड प्रणाम गर्दै छठ पुजा गर्ने घाटसम्म जाने प्रचलन छ । पछिल्लो समय छठ पुजाको व्यापकता र महिमा बढ्दै गएको छ ।

प्रकाशित मिति : कार्तिक २२, २०८१ बिहीबार  ३ : ११ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]