बैशाख २३, २०८२ मंगलबार

साम्दिन आगलागीका घाइतेको उपचारका क्रममा मृत्यु

फिदिम – फिदिम नगरपालिका वडा नम्बर २ साम्दिन घुम्तीमा मंगलबार अपराह्न भएको आगलागीमा परी घाइते एकजनाको मृत्यु भएको छ ।

घाइते घरधनी ६२ वर्षीय जयप्रकाश राईको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको पाँचथर प्रहरीले जानकारी दियो । श्रीमती दिलकुमारीसहित उनको उपचार काठमाडौंस्थित बर्न अस्पतालमा भइरहेको थियो ।

मंगलबार नै झापा रेफर गरिएका राईलाई नेपाली सेनाको एयर लिफ्टिङ मार्फत काठमाडौं लगिए पनि बचाउन नसकिएको हो । आगलागीमा राईको घर र पसलमा पूर्णरुपमा क्षति भएको छ । नजिकका दुई घरमा पनि क्षति पुगेको छ ।

प्रकाशित मिति : कार्तिक २२, २०८१ बिहीबार  ३ : १३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]