पाथिभरामा केबलकार बनाउने विषयमा दुई पक्षबीच झडप
ताप्लेजुङ, २३ कार्तिक । प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषयमा दुई पक्षबीच झडप भएको छ ।
आज केबलकार निर्माणको शिलान्यासका क्रममा केबलकार बनाउने र बनाउन नदिने पक्षबीच भडप भएको हो । तल्लोफेदीस्थित काफ्ले पाटीमा केबलकारको स्टेशन शिलान्यासका क्रममा केबलकार बनाउन नदिने पक्षले ढुंगामुढा गरेपछि तनाब भएको हो ।
झडपमा तीनजना घाइते भएका छन् । झडपकैबीच प्रहरीको सुरक्षामा केबलकारको शिलान्यास भने सम्पन्न गरिएको छ ।