बैशाख २६, २०८२ शुक्रबार

कोशी प्रदेशमा विराटनगर किंग्सको ट्यालेन्ट हन्ट सुरु हुदै

बिर्तामोड । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विराटनगर किंग्सको ट्यालेन्ट हन्ट कार्यक्रम कार्तिक २६ गतेबाट कोशी प्रदेशका ५ जिल्लामा सुरु हुने भएको छ ।

विराटनगर किंग्सको लागि ३-५ जना खेलाडी हरेक जिल्लाबाट छानेर विराटनगरमा हुने तयारी क्याम्पमा सामेल गर्ने उदेश्य सहित उक्त क्याम्प हुन लागेको विराटनगर किंग्सका अपरेसन डाइरेक्टर दिपेन्द्र चौधरीले जानकारी दिए । ट्यालेन्ट हन्टमा टिमका क्रिकेट कोच लाक्पा लामा र दिपेन्द्र चौधरीले छान्ने छन् ।

कोशी प्रदेशको इलाममा कार्तिक २६ गते , झापामा कार्तिक २७ गते ,सुनसरीमा कार्तिक २९ गते, उदयपुरमा कार्तिक ३० गते , मोरंगमा मङ्सिर २ गते उक्त ट्यालेन्ट हन्ट आयोजना हुनेछ । कोशी प्रदेश क्रिकेट एसोसिएसनको सहकार्यमा उक्त ट्यालेन्ट हन्ट आयोजना हुन लागेको हो ।

विराटनगर किंग्सको मार्की खेलाडी सन्दीप लामिछाने रहेका छन् । ूकोशीको शान हाम्रो पहिचानू भन्ने नारा सहित टिम कोशीका उदयमान खेलाडीहरुको खोजीमा निस्कन लागेको हो ।

प्रकाशित मिति : कार्तिक २३, २०८१ शुक्रबार  ५ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]