चैत्र ६, २०८० मंगलबार

बुद्धशान्तिमा कानुनमन्त्री कार्की अभिनन्दित

अनिल वाग्ले
बुधबारे । प्रदेश नम्बर एकका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की झापाको बुद्धशान्तिमा सोमबार अभिनन्दित भएका छन् । उनलाई जगद्गुरु जन्मस्थल तथा पूर्वीय दर्शन अध्ययन केन्द्र बुद्धशान्तिले अभिनन्दन गरेको हो ।


चतारामा सम्पन्न कुम्भ मेलामा सरकारका तर्फबाट कुम्भ मेलाको संयोजनकारी भूमिका निर्वाह गरेर मेला सम्पन्न गर्न महत्वपूर्ण योगदान गरेको, राजनीतिक तथा सामाजिक क्रियाकलापमा देखाएको सकृयताको उच्च मूल्याङ्कन गर्दै उनलाई अभिनन्दन गरिएको हो । अभिनन्दन कार्यक्रममा अनन्त श्री विभूषित जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीको पनि गरिमामय उपस्थिति रहेको थियो ।

अभिनन्दन कार्यक्रममा बालसन्त मोहनशरणले कुम्भमेला सम्पन्न गर्न प्रदेश कानुनमन्त्री कार्कीको योगदान महत्वपूर्ण रहेको टिप्पणी गरेका थिए । कार्यक्रममा प्रदेश कानुनमन्त्री कार्कीले जगद्गुरु जन्मस्थलको बृहत्तर विकासका लागि राज्यका तीन तह नै हातेमालो गरेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे । उनले जगद्गुरु जन्मस्थल तथा पूर्वीय दर्शन अध्ययन केन्द्रले बनाएको योजना सफल बनाउने कुरामा आफू पूर्ण रुपले लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।


उनले आगामी ६ बर्ष पछि लाग्ने कुम्भ मेला प्रदेश सरकारले नै आयोजना गर्ने बताउँदै त्यस बखत राज्यको कुनै पदीय हैसियतमा रहे पनि नरहे पनि आफू कुम्भ मेलाको आयोजक मै बसेर मेला सफल पार्न लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

प्रकाशित मिति : जेष्ठ ६, २०७६ सोमबार  ५ : २९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]