बैशाख २६, २०८१ बुधबार

‘हल्दिवारी वडा नं.१ नमूना बनाउदैछौं ’

स्थानीय तहमा जनताको भोटबाट निवार्चित भएर आएका जनप्रतिनिधिहरुको अढाई वर्ष कार्यकाल पूरा भएको छ । झापाकोदक्षिण क्षेत्रमा अवस्थित हल्दिबारी गाउँपालिकामा ५ वटा वडा रहेका छन् । त्यस मध्ये वडा–१ ले जनताको भावना अनुसारकाम गरिरहेको वडाअध्यक्ष त्रिलोचन सापकोटा बताउँछन् ।

वडाध्यक्ष त्रिलोचन सापकोटा

हालसम्म वडा–१ को पूर्वाधार विकास र कृषि तथा गरीवी निवारण भएका काम र कामहरुप्रति वडाअध्यक्ष सन्तुष्ट छन् । यस वडाका चालु आ.ब. २० वटा योजना रहेको छन् । त्यसमा साना ठूला गरी २ वटा योजना सम्पन्न भएका छन् । अहिले ठूला, साना गरी ६ वटा योजना उपभोक्ता गठन गरी संचालनमा रहेका छन् । अन्य योजना संचालनमा रही निर्माणको काम पचास प्रतिशत सम्पन्न भइसकेको सापकोटाले जानकारी दिए ।

‘सडकको स्तरउन्नती सहित ग्राभेल गर्न र स्लाप कल्भर्ट निर्माणको काम गरेका छौँ ।’ उनले भने, ‘हामी जनप्रतिनिधि भएर आइसकेपछि सूचना केन्द्र स्थापना गर्ने काम, बजार व्यवस्थापन टहरा निर्माण गर्ने काम, बजारका मूलभूत सडकहरुलाई ढलहरु निर्माण गर्ने काम गरेका छौँ ।

पूर्वाधारको काममा धेरै अगाडि बढेका छौँ । त्यस्तै गत साल पनि विद्यालयका जिर्णे अवस्थामा रहेको भवन निर्माणको काम गरिसकेका छौँ । आ.व.०७६÷०७७ मा पनि कार्यक्रम रहेको छ । शिक्षा क्षेत्रमा गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसार सबै सामुदायिक विद्यालयमा त्यसमध्ये वडा–१ को चारवटा विद्यालयमा शैक्षिक गुणस्तर माथि उकास्न गरमकाली आधारभूत विद्यालयमा नमूना मन्टेश्वरी संचालन गरिरहेका छौँ ।’ अन्य विद्यालयमा पनि उत्साहजनक रुपमा भर्ना कार्यक्रमहरु भइरहेको छ ।

समुदायिक विद्यालयको गुणस्तर अभिबृद्धि गर्न खेल शिक्षक पनि गाउँपालिकाबाट उपलब्ध गराएका छौँ । अग्रेजी माध्यमलाई सुधार गर्न प्रत्येक विद्यालयलाई अग्रेजी शिक्षक नियुक्त गरेर अगाडि बढ्ेको सापकोटाले बताए । उनले भने, ‘हामी आएपछि यहाँका आधारभूत कुराहरु, खानेपानीलाई व्यवस्थापन गर्ने, जिर्णे रहेका भवनहरुलाई व्यवस्थापन गरेका छौँ ।’ शिक्षा क्षेत्रमा कायपलट परिवर्तन गरेको सापकोटाले भनाइ छ ।

जीवनस्तर उकास्न कृषि

वडावासीको आर्थिक जीवनस्तर उकास्न पहिलो वर्षदेखि अनुदानका कार्यक्रम सहित कृषि औजारका सामाग्री वितरण गरेका छौँ । कृषिमा आधुनिकीकरण, व्यावसायीकरण र वैज्ञानिकरण गर्न वडाको योजना रहेको उनी बताउँछन् । गत साल मात्र गाउँपालिका र प्रदेश सरकारको तर्फबाट ६८ वटा मोटर पमसेट वितरण गरेका छौँ ।

कृषि विकासलाई प्राथमिकता दिएका छौँ । कृषकलाई लक्षितगरी मकैँ छोडाउने मेशिन प्रदान गरेका छौँ । गत साल साना किसान सहकारी कृषि संस्थालाई कृषि प्रवद्र्धन गर्न र व्यवसायिक कृषकलाई टेवा पु¥याउने उदेश्यले वडाको तर्फबाट २ वटा ट्रयाक्टर प्रदान गरिसकेका छौँ । जसले गर्दा किसानहरुलाई प्रत्यक्ष फाइदा पुगेको सापकोटाले दाबी गरेँ । त्यसको निरिक्षण र नियमन पनि गरिने उनको भनाई रहेको छ । टाले दाबी गरेँ । त्यसको निरिक्षण र नियमन पनि गरिने उनको भनाई रहेको छ ।

वडालाई व्यवस्थित

‘जनप्रतिनिधि आएपछि जनताको अपेक्षा अनुसार सेवाप्रवाह चुस्त र सहज बनेको सापकोटा बताउँछन् । वडालाई व्यवस्थित गर्नुपरेको छ । एउटै कार्यालयबाट धेरै वटा कार्यक्रम संचालन गरिरहेका छौँ । कर्मचारी दरबन्दी अभाव भएको छ, वडाअध्यक्ष सापकोटाले भने,‘ विषयगत समिति निर्माण गरी काम प्रभावकारी बनाइएको छ ।’

त्यसमा कृषि समिति पनि रहेको छ, समितिको छुट्टै बजेट रहेको छ । वडाबाट निरिक्षण गर्ने गरी कृषि, खेलकुद, महिला तथा बालबालिका र समावेशी समिति संक्रिय छन् । ती समितिले प्रभावकारी रुपमा काम गरिरहेका छन् । समितिलाई आफ्नो ढङ्गले बजेट व्यवस्थापन गर्ने गरेको उनले बताए । ‘जनताको इच्छा र आकांक्षा पूरा गर्न सम्बन्धित ठाउँको गरीवी निवारण र उत्पादन क्षेत्रको प्रमुख प्राथमिकतामा राखेँर कार्यक्रम निर्माण गर्नुपर्छ भनेर निर्देशित गरेका छौँ । ’

कानुनी तर्जुमा अगाडि

झापाका १५ वटा स्थानीय तह मध्ये हल्दिबारी गाउँपालिका सबैभन्दा धेरै कानुन निर्माण सहित कार्यविधि निर्माण गरेर अगाडि बढेँको गाउँपालिका हो। यस गाउँपालिकामा जति काम गरिन्छ, नियम र नीति विधि भन्दा बाहिर गएर काम नगर्ने गरेको उनले बताए ।

आधा कार्यकाल बिताइरहँदा यस गाउँपालिकामा दुई तीनवटा राजनीतिक दलको समिश्रण भएकाले कहिलेकाही समस्या देखिने गरेको उनले खुलासा गरेँ । ‘ उनी थप अगाडि भन्छन्, विशेष गरी विचार सँग मेल नखाएको हुन् सक्छ । तर समग्र हल्दिबारीमा समृद्ध विकासका लागि एकठाउँमा हातेमालो गरेर अगाडि बढिरहेका छौँ ’, उनले भने , ‘ जनप्रतिनिधि विहिन अवस्थामा सामान्य प्रकृतिका घटनाहरु प्रहरी चौकीले छलफल बनाउँने गथ्र्यो ।

अहिले वडाको मेलमिलाप समिति मार्फत छलफल गर्ने स्थिती निर्माण भएको छ ।’ वडा कार्यालयमा आएका निवेदनहरु मध्ये प्रचलित नियमले अख्तियार गरे बमोजिम धेरै मुद्दाहरु वडा कार्यालय मार्फत पmैसला गरिएको उनले बताए । जसले गर्दा स्थानीय सरकारबाट न्याय पाएको जनताले प्रत्यक्ष महसुस गरेका छन् ।

जनप्रतिनिधि आउनु अघि र पछिको नागरिक सुविधा

२१ औँ शताब्दीको युग परिवर्तनशिल रहेको छ । दुई दशक जनप्रतिनिधि विहीन अवस्थामा एकैचोटि जनप्रतिनिधि निर्वाचित भएर आएका छौँ । जनताका चाहना धेरै छन्, जनअपेक्षा अनुसारको काम गर्न आवश्यक बजेटको व्यवस्थापन हुन सकिरहेको छैन वडाअध्यक्ष सापकोटाले बताए । तर हिजोको दिनमा निष्क्रिय रहेको योजनालाई अगाडि बढाएका छौँ । ’ गोलधाप खानेपानीको योजना अन्तिम चरणमा पुगेँको छ , गोलधाप बजारबाट दक्षिण झर्ने सडक कालोपत्रे अभियानको रुपमा अगाडि सारेका छौँ, बजारलाई सु्न्दर र हरियाली बनाउन क्रियासिल छौँ ।

ढल व्यवस्थापनको दिशामा लागेका छौँ उनले भने,‘लामो समय सम्म क्याम्पसको व्यवस्थापन गरेर पद्धतिमा संचालन गरिरहेका छौँ ।’ जसले गर्दा केही न केही जनतालाई नयाँ अनुभूत भएको उनको भनाई छ । जनताको आधारभूत काम आफ्नो कार्यकालमा महत्वका साथ गरिने छ । समृद्ध समाज निर्माण हल्दिबारी गाउँपालिकाको प्रमुख मक्सत रहेको उनी बताउँछन् ,जनताको आर्थिक दर मजबुत हुनुपर्छ । सडकमा गिटी हाल्दैँमा समृद्ध बन्दैँन ।

कसैलाई अनुदान दिएर टुवेल वितरण गदैँमा समृद्ध आउँदैन्, त्यसैले व्यवसायिक दृष्टिले उत्पादन क्षेत्रलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाउनुको विकल्प छैन् । सोचमा परिवर्तन गरेर उत्पादनमा लाग्नुपर्छ, उत्पादनमा लाग्ने किसानका लागि सहुलियत दरमा ऋण, कृषि औजार उपलब्ध गराउने कार्यक्रम बनाएको सापकोटाले बताए । उनी भन्छन्– तर पछिल्लो दिनमा काम नगरि अनुदान माग्ने क्रम बढेर गएको छ ।

नागरिकले पहिला कार्यन्वयन गर्नुपर्छ, तब मात्र जनताको समस्या र अभावको विषयमा जनप्रतिनिधिले सम्बोधन गरिनेछ । काम नगरि अनुदान लिन्छु भन्ने परिकल्पना गरिनु मनासिप होइन । जोश, जागँर र इच्छाशक्ति भएका नागरिकलाई प्रसस्त अवसर छन् । सहुलियत दरमा ऋणको व्यवस्थापन गर्न गाउँसभाबाट निर्णय गरेका छौँ । समाज रुपान्तरणमा लागेँका नागरिकहरु आ–आफ्नो ठाउँबाट एक कदम अगाडि बढ्ेँमा मात्र समाज रुपान्तरण हुने उनको बुझाई रहेको छ । सबै कुरा स्थानीय सरकारले मात्र गर्छ भन्ने बुझाईले समाज रुपान्तरण हुन् सक्दैन् ।

वडाका गौरवका योजना

हल्दिवारी गाउँपालिका वडा–१ को कार्यालयबाट गाउँपालिका जोड्दै सदरमुकाम जोड्ने कालोपत्रे गर्न गौरवको आयोजना वडाको रहेको सापकोटा बताउँछन् । यस गाउँपालिकामा गोलधाप बजार एउटा मात्र गहनाको रुपमा रहेको छ । प्रदेश सरकारले २० लाख रुपैँया विनियोजन गरेको छ, सो रकमले बजारलाई पहिलो व्यवस्थापन गरिने छ ।

गोलधाप बजार देखि दक्षिण प्रहरी बिट हुँदै सुन्दपुर झर्ने कालोपत्रे, जनजागृति मा.वि. दक्षिण जाने सडक कालोपत्रे गरिने गौरवको योजनाको रुपमा अगाडि सारिएको सापकोटाको भनाई रहेको छ । गौरवका योजनाहरु आफ्नो कार्यकाल अवधिभर सुरु हुने र कतिपय सुरु भइसकेको बताए । नेपाल सरकारको कृषि आधुनिकरण मार्फत हल्दिबारी गाउँपालिकालाई एउटा प्रोजेक्ट दिएको थियो । आफ्नो पहलमा कार्यपालिकाको बैठकमा निर्णय गर्ने सफल भएँ । उनी भन्छन्–अहिले वडा–१ अन्तर्गत साविक ८ नम्बरलाई केन्द्रित गरेर प्रधानमन्त्री कृषि आधुनिकरण कार्यक्रम छ ।

पदम सुन्दर राई : वडा सदस्य
जनप्रतिनिधिले आफ्नो अधिकार र भूमिकाका बारेमा पष्ट्र हुनुपर्ने वडा सदस्य पदम सुन्दर राई बताउँन् । उनी वडाको खेलकुद विकास समिति संयोजक समेत हुन् । आफ्नो कर्तव्य र जिम्मेवारी अनुसारको काम वहन गर्न उनी क्रियाशिल छन् । पहाडी क्षेत्र सखुवासभा, भोजपुर लगायतका जिल्लामाको भम्रण गरेँको उनी सुनाउँछन् ।



त्यहाँका गाउँपालिका अध्यक्ष, वडाअध्यक्ष मात्र जनताको काममा खटेको पाएँ । झापामा सबै जनप्रतिनिधि पदीय रुपमा क्रियाशिल छन् । यस वडामा खेलकुदमा युवा लक्षित कार्यक्रम संचालन गरिरहेका छौँ । फुटबल र करातेँ खेललाई टेवा पु¥याउने उदेश्यले २५ हजारको सामाग्री खरिद गरी केही दिनमा प्रदान गर्दछौँ ।

वडामा रहेका ९ वटा टोललाई उत्प्रेरणा भर्ने लागिपरेका छौँ । नागरिकको समस्या प्रत्यक्ष देख्ने, बुझ्ने वडा सदस्यको भूमिका पनि सशक्त हुने गर्दछ । त्यसलाई वडाको बैठकमा आएर रिपोटिङ गरी निर्णय जनअपेक्षा अनुसार काम गदै आएका छौँ । युवा लक्षित कार्यक्रम प्राथमिकताका साथ अघि बढाएका छौँ । समुदाय र युवा लक्षित लागूपदार्थ दुव्यर्सन सचेतना कार्यक्रम गरी सकेका छौँ । अहिले खेल क्षेत्रमा वडाका खेलाडीहरुले प्रदेश, राष्ट्रिय र अन्तराष्ट्रिय स्तरीय नतिजा ल्याउन सफल भएका छन् ।

वडा सदस्य एवम कार्यपालिका सदस्य : सरिता न्यौपाने

 ‘जनताको सेवा गर्न भनेर चुनाव जितेर आएका हौँ । हाम्रो गाउँपालिकामा पुरुष सदस्य र महिला सदस्यको भूमिका बराबर छ ’, हल्दिबारी गाउँपालिका वडा–१ की महिला सदस्य सरिता न्यौपानेले भनिन् ‘म वडा सदस्यका साथै कार्यपालिका सदस्य पनि हँु, जनताको गुनासो र काम लिएर गाँउपालिका सहित वडा कार्यालयमा मेरो कुराले महत्व पाएको छ, हामी सामूहिक निर्णय गरेर अगाडि बढ्छौ ।’ न्यौपानेले थपिन्,‘जनताले हामीलाई पनि सम्मान मत दिलाएर जिताएर नै पठाएका हुन् बैठकमा केही आफ्ना सुझाव र प्रस्तावहरु राख्दा गाउँपालिका र वडाका अध्यक्षले राम्रोसँग सुनवाई भई निर्णय हुने गरेको छ ।’

??????

म अहिले गाउँपालिका स्तरीय सार्वजनिक सुशासन समितिकी संयोजक र वडाको महिला तथा बालबालिकाको संयोजकको भूमिकामा छु । निर्वाचित भएदेखि आफ्नो भूमिका जनअपेक्षा अनुसार अगाडि बनाउने योजना बनाएको न्यौपानले बताइन् । वडा–वडामा स्पट्वेयर राख्दै नागरिक वडापत्र समेत राखिसकेका छौँ ।

त्यसलाई निरिक्षण गर्ने काम गाउँपालिका गरिरहेको छ । पालिका स्तरीय जनता उपचार कोषलाई पनि प्रभावकारी रुपमा अगाडि बढाएका छौँ । जटिल प्रकृतिका रोग प्रमाणित भएमा २५ हजार सहुलियत रकम जनतालाई उपलब्ध गराउँदै आएका छौँ । जीविकोपार्जन र महिला सशक्तिकरणमा सिपमूलक तालिम सहित क्षमता विकासको काम आफूले गरिरहेको न्यौपानेले बताइन् । प्लम्बर, उद्घोषण तालिम र सिलाई कटाई तालिम कार्यक्रम सञ्चालन गरी बेरोजगारी सहित अर्धबेरोजगारी समस्या हल गर्ने दिशामा अग्रसर छौँ ।


पालिका र वडाको पहलमा जिल्ला घरेलु तथा साना उधोग झापाबाट गुडिया बनाउने तालिम समेत महिला दिदि बहिनीहरुलाई प्रदान गरिरहेका छौँ । चाडैँ महिलाको प्याड बनाउने तालिम पनि संचालनमा ल्याउने न्यौपानेले जानकारी दिइन् ।

वडामा महिलाका समस्या धेरै छन् । महिलाले एकातिर घरगृहस्थी पनि समाल्नु पर्ने अवस्था छ, उनले भनिन्– शिक्षित परिवारबाट नै महिला घरेलु हिंसाको सिकार भएका छन् । घरेलु हिंसा सम्बन्धीको कार्यक्रम संचालन गरी सचेतनामूलक कार्यक्रम गर्दै आएका छौँ । हिंसामा सिकार भएका महिलाहरुलाई समझदारी गराउने दिशामा अग्रसर भएर लागेँको छु । जसले गर्दा हिंसाको घटना कमी भएका छन् ।

वडा सदस्य : कुमारी विश्वकर्मा
दलित जनप्रतिनिधि भएर चुनिएर आएकी कुमारी विश्वकर्मा वडागत समावेशी समितिको संयोजक समेत हुन् । निर्णय प्रक्रियामा महिला र दलित भईकन आफूलाई गाउँपालिका र वडाबाट बेवस्ता नगर्ने गरेको विश्वकर्माले बताइन् । आजभोलि दलित समुदायले पनि हक–अधिकार खुलेँर राख्न थालेका छन् ।

एउटा जनप्रतिनिधिको नाताले सबैको समस्या सुन्छु उनी भन्छिन्, संगठन निर्माण गरी विपन्न दलित समुदायमा काजक्रिया खर्च समेत उपलब्ध गराउँदै आएको छु ।’ मेरो खोजी दलित समुदायले मात्र गर्दैन्, क्षेत्री, बाहुन, जनजाति सहित सबै समुदाय वर्गमा हुनेँ गर्छ । समुदायमा सहयोग गर्न संक्रिय रहेको छु । निर्वाचित भएर आएको अढाइ वर्र्ष बितिसकेँको छ, त्यसबीचमा आठवटा घर मध्ये २ वटा दलितका घर सम्पन्न गरेको छौँ ।

दलित समुदायको जीवीकोपार्जन र आयस्तर माथि उठाउन सिलाई कटाई, पशुचौपया वितरण, सुन बनाउने तालिम दिएको उनले बताइन् । जसले गर्दा तालिम लिई केही दलित समुदायले व्यवसाय सुरु गरेको उनको भनाई छ ।

मनोज पाखे्रल : वडा सदस्य

वडाको छनोट वा बजेट विनियोजनमा आफूहरुले राय सल्लाह लिई सामूहिक निर्णय लिने गरेको पाख्रेलले बताए ।
वडामा नागरिकका धेरै अपेक्षा छन् । मूलत पूर्वाधार विकासको काम कहिले नसकिने रहेछ । पञ्चायतमा बहुदलमा पूर्वाधारको समस्या उस्तै थिए । अहिले पनि उहीँ छन् । खासगरी विद्युत र सडकको पहुँचमा जनताको अपेक्षा धेरै छन् । वडाको कृषि समिति संयोजक पनि हुँ । त्यस समितिबाट जनताको भावना अनुसार काम गरीरहेका छौँ ।

??????

कृषकको जिवन स्तर सुधार गर्न योजनाले बाख्रापालन, गाईको गोठ सुधार, सुगुँरको भकारो सुधार जस्ता कार्यक्रम गरिसकेका छौँ ।
प्रयोजन अनुसारको काम नभएमा त्यसको निरिक्षण समेत गरिरहेको उनले बताए । वडामा २५ वटा समूह क्रियाशिल छन् । इलोक्ट्रोनिक स्प्रे वितरण गरी सामूहिक खेतीलाई जोड दिदैँ आएका छौँ । सामूहिक लहरे खेती योजना, किसानलाई मकैँ रोप्ने मेसिन एकएक थानका दरले वितरण गरिसकेका उनले जानकारी दिए ।

साविकका वडाहरु ६,७ र ८ लाई मध्यनजर गरी धान पकेट क्षेत्र बनाउने योजना बनाएका छौँ । न्यायीक समिति संयोजक समेत रहेका पोख्रेलले भने– वडामा सम्बन्ध विच्छेदको मुद्दा धेरै आउने गरेका छन् । आफू निर्वाचित भएपछि वडा मार्फत ४० वटा मुद्दाको छिनोफानो भएको उनले जानकारी दिए ।

प्रस्तुति : सागर गौतम / इजलास दैनिक 

प्रकाशित मिति : माघ २२, २०७६ बुधबार  १ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]