फुलबारीबाट १४ बुङ्ग तास र नगदसहित ७ जना जुवाडे पक्राउ
बिर्तामोड । बिर्तामोड प्रहरीले तास खेली रहेको अबस्थामा १४ बुङ्ग तास र नगद सहित ७ जना मानिसहरुलाई नियन्त्रणमा लिएको छ । आज राती प्रहरीले बाह्रदशी गाउँपालिका वडा नं. ५ फुलबारी स्थित ४२ वर्षीय धर्मेन्द्र साहको घरमा जुवा÷तास खेलि रहेको भन्ने गोप्य सूचनाको आधारमा नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको १५ जनाको प्रहरी टोलीले तास खेलि रहेको अबस्थामा नगद ८४ हजार ६ सय ७० रुपैयाँ, मोबाइल फोन ३ थान र १४ बुङ्ग तास सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान कार्य अघि बढाइएको छ ।
निम्न मानिसहरुः–
१.जिल्ला झापा बाह्रदशी गाउँपालिका वडा नं. ५ बस्ने घर धनि बर्ष ४२ धर्मेन्द्र साह ।
२.ऐ.४ बस्ने अं. बर्ष ३९ भुजकर आलम ।
३.ऐ.५ बस्ने अं.बर्ष ४५ को तजयमुल हुसेन ।
४.ऐ.४ बस्ने अं. बर्ष ३६ को भोला सहनी ।
५.ऐ.बस्ने अं.बर्ष ३९ को कमल देबनाथ गणेश ।
६.ऐ. हल्दिबारी गाउँपालिका वडा नं. १ बस्ने अं. बर्ष ३४ को सरल राई ।
७.ऐ.बस्ने अं. बर्ष ५७ को जगदिस चौधरी ।