बैशाख २५, २०८२ बिहीबार

नेप्सेमा ११ अंकको गिरावट, ७ अर्बको कारोबार

काठमाडौँ । मंगलबार नेप्से परिसूचक ११ अंकले घटेको छ । आज नेप्से ११.२४ अंकले घटेर २७४८.९६ विन्दुमा बन्द भएको छ । आज कुल ३१२ कम्पनीका एक करोड ६७ लाख ८६ हजार ९३४ कित्ता शेयर किनबेच हुदा ७ अर्ब ८५ करोड ९७ लाख बराबरको कारोबार भएको थियो ।

आज गुँरास लाघुवित्त र मेन्छीयाम हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी आज गुडविल फाइनान्सको शेयर मुल्य सबै भन्दा बढी ९.३६ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबैभन्दा बढी गुडविल फाइनान्सको २९ करोड २८ लाख ६१ हजार बराबरको कारोबार भएको छ भने आँखु खोला जलविद्युतको सबैभन्दा बढी ११ लाख ९८ हजार ६४० कित्ता शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : कार्तिक २७, २०८१ मंगलबार  ५ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]