अन्तराष्ट्रिय खेलाडी तथा प्रशिक्षक धिमाल सम्मानित
बिर्तामोड । अन्तराष्ट्रिय खेलाडी तथा प्रशिक्षक दिपेन धिमाललाई सम्मान गरिएको छ ।
बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव–२०८१ को उद्घाटनका अवसरमा आज प्रशिक्षक धिमाल सम्मानित भएका हुन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा योगदान गरेको भन्दै उनलाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका खानेपानी तथा सिंचाई तथा उर्जा मन्त्री एकराज कार्कीले उनलाई सम्मान पत्र प्रदान गरेका थिए । खेल प्रशिक्षक धिमाल बिर्तामोडस्थित फिट स्टुडियोका सञ्चालक हुन् । उनी भर्खरै कोरियाबाट खेलकुद व्यवस्थापनमा स्नातकोत्तर गरी फर्किएका हुन् । उनले जिल्लाका विभिन्न स्थानमा निःशुल्क प्रशिक्षण समेत प्रदान गर्दै आएका छन् ।