रामचोक दुर्घटनामा शिवसताक्षीकी रोजीको मृत्यु
बिर्तामोड । झापाको बिर्तामोडमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । ट्रकको ठक्करबाट शिवसताक्षी – ७ निवासी २२ वर्षीया रोजी कटुवालको मृत्यु भएको हो ।
स्कुटरमा सवार सरिता राउत सामान्य घाइते भएकी छिन् । आज साँझ बिर्तामोडको पूर्व पश्चिम राजमार्गको राम चौकमा ना ३ ख ४३६४ नं. ट्रकले मे १० प ६०१७ नंम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
घाइते रोजीलाई बिर्तासिटी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि विएण्डसी अस्पताल बिर्तामोडमा लगिएको थियो । उपचारको क्रममा साँझ ८ः१५ गते उनको मृत्यु भएको अस्पतालले जनाएको छ । ट्रक चालक झापा अर्जुनधारा –९ निवासी ५२ वर्षीय राजकुमार कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।