बैशाख २७, २०८२ शनिबार

म्याद थपका लागि दुर्गा प्रसाईँलाई अदालत लगिँदै

काठमाडौं । साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि थप अनुसन्धान गर्न आज म्याद थप हुँदैछ ।

केही कागजात र प्रक्रियाका कारण मंगलवार म्याद थपका लागि अदालत लैजान समय अपुग भएको सीआईबीले जनाएको थियो । पक्राउको २४ घण्टाभित्र अदालत उपस्थित गराउनुपर्ने भएकोले प्रहरीसँग अझै समय छ ।

भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ परेका उनलाई सीआईबीको कार्यालय पुर्‍याएर मेडिकल गरिएको थियो । उनीमाथि साइबर क्राइम, कीर्ते र मानहानीलगायतको मुद्दा चलाउने सीआईबीको तयारी छ । प्रसाईँले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीको करोडौं रहेको भन्दै ‘फेक डकुमेन्ट’ सहित अफवाह फैलाएका थिए ।

प्रकाशित मिति : मंसिर ५, २०८१ बुधबार  ९ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]