माघ ८, २०८१ मंगलबार

पूर्वाधारमा सम्पन्न बनाइदै दोमुखा

सरोज भट्टराई

शिवसताक्षी । झापाको पर्यटकीय स्थल दोमुखामा शिवसताक्षी नगरपालिकाले इन्टरलक ब्लक लगाएको छ । शिवसताक्षी नगरपालिका वडा न.१० पर्ने पर्यटकीय क्षेत्र दोमुखा पिकनिक स्पोर्ट तथा स्वीमिङ पुल जाने सडकमा पार्केटिङ्ग ब्लक लगाएर चिटिक्क पारेको हो ।

नगरले आन्तरिक तथा बाह्य पर्यटकका लागि सडक विस्तारलाई तिब्रता दिएको छ । दोमुखा सडकको प्रवेशद्वार माइधरमा नयाँ गेट निर्माण गरिएको नगरप्रमुख मेगाहाङ थोप्राले जानकारी दिए । उनले दोमुखा जाने प्रमुखद्वारदेखि नै सुधार गर्दैै लगेको जानकारी दिए । गेट, सडक र हाल दोमुखा दक्षिण व्यवसायिकहरु होटल र पिकनिक स्थिल हुँदै स्वीमिङ्ग पुलसम्म जाने सडक निर्माण भइसकेको छ । उनले भने, दोमुखालाई प्राकृतिकरुपमा सुन्दर बनाउन लागि परेका छौं ।

हाल निर्माण भएको सडकका दुवै पट्टी रात्री कालिन उज्यालो बनाउन चालु आर्थिक वर्षमा नै सडक बत्ती लगायत झिलीमिली बत्ती जडान गर्ने योजना रहेको नगर प्रमुख थोप्राले जानकारी दिए । दोमुखामा बेलुका पनि पर्यटकहरु आउन सक्ने वातावरण बनाउन सन्ध्या कालिन कार्यक्रमहरुको समेत आयोजना गरिने योजना रहेको छ । हाल पार्केटिङ्ग क्लक लगाइएको क्षेत्रमा पिकनिङ स्पोर्ट, स्वीमिङ्ग पुल, चिल्ड्रेन पार्क र पर्यटकहरुलाई बस्नको लागि सुविधा सम्पन्न होटलहरु रहेका छन् ।

हाल निर्माण भएको सडक ७३० सय मिटरको रहेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । पार्केटिङ्ग ब्लक भ्याट र कन्सलटेन्सीसहित ८४ लाख ६१ हजार ५५० रकममा भिमेश्वर कन्स्ट्रसन प्रालिले काम गरेको इन्जिनियर उत्तम बरालले जानकारी दिए निर्माणधिन सडक ६ मिटर चौडाई, ६० एमएमको ब्लक लगाइएको छ ।

दोमुखा प्रवेशद्वारमा दुई मुखे गेट निर्माण
झापाको पर्यटकीय क्षेत्र दोमुखा प्रवेशद्वार माइधारमा दुई मुखे आकर्षक गेट निर्माण भएको छ । चाइनिज इटा गेटको माथिल्लो भागमा टायल्स र मार्वल प्रयोग गरेर निर्माण गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । उक्त स्थानमा साविकको सतासीधाम गाविसले निर्माण गरेको गेट जीर्ण अवस्थामा रहेको थियो । नवनिर्मित गेट दोेमुखा सडकमा रहेको लागत एउटै ठेक्का मार्फत गराइएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

दोमुखा पार्कमा सजिसजावट
दोमुखाको पार्क जाने सडक आकर्षक बनाइएको छ । यस वर्षको पिकनिकको सिजन सुरु भएसँगै दोमुखा पार्कमा छाता लगाएर सजिसजावट पारिएको हो । पर्यटकका लागि फोटो सुट, भिडियो सुट, टिकटक लगायतका सामाग्री निर्माण गर्न लागि दोमुखा पर्यटन विकास समितिले पार्कलाई सजिसजावट गरेको जनाएको छ । जसमा ४५ हजारको लागतमा ३ सय छाता राखिएको दोमुखा पर्यटन विकास समितिका अध्यक्ष धनप्रसाद लावतीले जानकारी दिए । अध्यक्ष लावतीका अनुसार चालु आवमा कपल फोटो सुटका ४ ओटा आकर्षक झुला, पिङ निर्माण गरिने छ । दोमुखामा योसँगै गुफा समेत निर्माण गरिने दोमुखा पर्यटन विकास समितिले जनाएको छ ।

शौचालय निर्माण
दोमुखा घुम्न आउने पर्यटकको सुविधाका लागि पर्यटन विकास समितिले शौचालय पुननिर्माण गरेको छ । धारा, पानी लगायत सुविधा थपेको जनाएको छ । पिकनिट स्पोर्टमा ४ ओटा टहरा थप निर्माण गरेको छ । दोमुखा पार्क स्थलमा २ ओटा शौचालय छन् । हाल निर्माण भएको स्वीमिङ पुल जाने सडक पूर्व पिकनिक स्र्पोटमा रहेको छ ।

होटल व्यवासयी उत्साहित

पर्यटकीय स्थल दोमुखमा स्थानीयसरकार तथा पर्यटन विकास समितिले लागनी गरसँगै यहाँ आश्रित होटल व्यवसायीहरु उत्साहित बनेका छन् । दोमुखा क्षेत्रमा नयाँ होटलहरु पनि थपिएका छन् । जसमा ठूला खान बस्नको लागि ७ होटलहरु छन् भने, अन्य साना ३० ओटा होटलहरु रहेका छन् ।

कोरोनाको लहरपछि लामो समय पर्यटकको आगमनमा कमि भएपनि अघिल्लो बर्षदेखि पर्यटकको संख्यामा बृद्धि भएको शिवम होटलका सञ्चालक किरन ओलीले जानकारी दिए । उनले हाल विभिन्न संघ संस्थाहरुले पनि दोमुखामा कार्यक्रमहरु गर्ने र टाडाबाट पनि पर्यटकहरु आउने भएकाले होटलहरु विगत वर्षहरु भन्दा चलायमन नै देखिएको जानकारी दिए । विशेष गरी मंसिरदेखि चैत्र महिनासम्म आन्तरिक तथा बाहिय पर्यटकहरु आउने गरेका छन् । उनले भने, स्थानीय सरकार र दोमुखा पर्यटन विकास समितिले यहाँको विकासमा चासो देखाएर काम गर्दै आएको छ। हामी आसाबादी छौं यहाका होटल तथा अन्य व्यवसायहरु फस्टाउने छन् ।

प्रकाशित मिति : मंसिर ५, २०८१ बुधबार  ९ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]