बैशाख २७, २०८२ शनिबार

वीपी राजमार्ग राति ९ बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने

काभ्रे । वीपी राजमार्ग राति ९ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने भएको छ ।

बुधबार सडक डिभिजन कार्यालय भक्तपुरले सूचना प्रकाशित गर्दै राजमार्गको विभिन्न सडक खण्डमा डाइभर्सन मर्मत कार्य भइरहेको भन्दै राति सात घण्टा अवरुद्ध हुने जानकारी दिएको हो ।

डिभिजन कार्यालयले वीपी राजमार्ग धुलिखेलदेखि वर्षे खोलासम्मको सडक खण्डमा चौकीडाँडा, नार्के बजार र कालढुङ्गा (भ्याकुरे खोला) देखि माम्तिखोलासम्म डाइभर्सन मर्मत कार्य भइरहेको बताएको छ ।

त्यस्तै राजमार्गको भकुण्डेवेशीदेखि नेपालथोकसम्म राति ९ बजेदेखि बिहान ४ बजेसम्म सडक अवरुद्ध हुने र अर्को सूचना जारी नभएसम्मका लागि राजमार्गमा राति गाडी नचलाउन सडक डिभिजन कार्यालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : मंसिर ५, २०८१ बुधबार  ९ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]