बैशाख २५, २०८२ बिहीबार

‘बी’ डिभिजन लिग १३ माघदेखि

काठमाडौं, ७ मंसिर । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी माघमा ‘बी’ डिभिजन लिग सञ्चालन गर्ने भएको छ । एन्फाले माघ १३ गतेदेखि ‘बी’ डिभिजन लिग सञ्चालन गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको हो ।

एन्फाले ‘बी’ डिभिजन लिगमा सहभागी क्लबहरूलाई लासेन्सिङ प्रक्रियामा लैजाने, क्लबहरुको पुरानो बक्यौता उपलब्ध गराउने, खेलाडी दर्ता फिफा कनेक्ट डिजिटल प्लेटफर्म मार्फत गर्ने जनाएको छ ।

एन्फाले शहिद स्मारक ‘बी’ डिभिजनका केही खेल दशरथ रंगशालामा र बाँकी खेलहरु एन्फा कम्प्लेक्समा सञ्चालन गर्ने जनाएको छ ।

एन्फाले मंसिर २१ गतेसम्म क्लब दर्ता गर्ने, मंसिर २३ र २४ गते फिफा कनेक्ट वर्कसप गर्ने, मंसिर २५ र २६ गते क्लब लासेन्सिङ वर्कसप गर्ने, पुस १३ गते खेल तालिका प्रकाशन गर्ने र माघ १३ गतेदेखि प्रतियोगिता सञ्चालन गर्ने जनाएको छ ।

प्रकाशित मिति : मंसिर ७, २०८१ शुक्रबार  ९ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]