बैशाख २५, २०८२ बिहीबार

पर्यटन अर्थतन्त्रको मेरुदण्डः मुख्यमन्त्री राई

झापा – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपालको पर्यटन मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको बताउनु भएको छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म प्रवद्र्धन गर्ने उद्देश्यले नेपालको पूर्वी द्वार झापाको काँकरभिट्टामा शुरु भएको छैठौं ग्रामीण एशियन पर्यटन महोत्सवको आज एक समारोहका बीच उद्घाटन गर्दै मुख्यमन्त्री राईले सो कुरा बताउनु भएको हो ।

ग्रीन जेनेरेशन झापाको आयोजनामा सञ्चालन भएको महोत्सव समुद्घाटन समारोहका प्रमुख अतिथि राईले भौगोलिक रुपमा नेपाल विश्वकै सर्वोत्तम सुन्दर मुलुक भएकोले तीनै तहका सरकारले पर्यटन विकासमा जोड दिनुपर्ने बताउनु भयो । उहाँले हिमाल, पहाड र तराईको अनुपम संयोजन रहेको मुलुक विश्वमा कर्ही पनि नभएकोले नेपालले विश्वमा त्यही सन्देश प्रचार गरेर लाखौं पर्यटक भित्र्याउन सक्ने उल्लेख गर्नुभयो ।

मेचीनगर–६ को देवकोटा पार्कमा आयोजना गरिएको यो महोत्सवमा दक्षिण एशियाका पर्यटक मात्र भित्र्याउन सके ठूलो उपलब्धि हुने बताउँदै मन्त्री राईले सुखी नेपाली समृद्ध नेपालको सपना साकार पार्न पर्यटन विकासमै जोड दिनुपर्ने बताउनु भयो ।

त्यसका लागि पर्यटनसँग सरोकार राख्ने संघ–संस्था, निकाय र व्यक्ति विशेषको सक्रियता आवश्यक रहेको उहाँको भनाइ थियो ।
ग्रीन जेनेरेशनका अध्यक्ष अर्जुनकुमार कार्कीको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा मन्त्री राईले त्यहाँ रहेका सबै स्टलहरुको अवलोकन गर्दै नेपालमा बसोबास गर्ने विभिन्न जातजातिको संस्कृति, रहनसहन, मौलिक परम्परा, मौलिक खानपान, भेषभुषा प्रदर्शन गरेकोमा आयोजकको प्रशंसा गर्नुभयो ।

फागुन २ गतेसम्म चल्ने महोत्सवमा नेपाललगायत भारतमा विभिन्न मौलिक स्टलहरु रहेका छन् । स्टल र प्रवेशलाई निःशुल्क गरिएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : माघ २६, २०७६ आईतबार  ५ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]