आगलागीबाट टिपरको अगाडीको भाग जलेर नष्ट हुँदा १० लाख क्षति
बिर्तामोड । आज राती बिर्तामोड – ६ स्थित मसाले टोलमा आगलागी हुँदा नजिकै राखिएको टिपरमा समेत आगलागीबाट क्षति पुगेको छ ।
स्थानीय अर्जुन थलानको परालको थुप्रोमा अचानक आगलागी हुँदा नजिकै रहेको पञ्चसेवा ग्यारेजमा मर्मत गर्न राखिएको सक्षम निर्माण सेवाको बा.०३-००१ क ०३३१ नम्बरको टिपरमा समेत आगलागी भएको थियो । आगलागीबाट टिपरको अगाडीको भाग जलेर नष्ट हुँदा १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बिर्तामोड र अस्थाई प्रहरी चौकी बुट्टाबारीबाट खटिएको प्रहरी टोली, स्थानीयको सहयोगमा राति साढे २ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा लिएका थिए ।