बैशाख २७, २०८२ शनिबार

चटपटे व्यवसाय गर्ने राजवंशी परिवारलाई ४२ हजारको ठेला

बिर्तामोड, १२ मंसिर । बिर्तामोड नगरपालिका वडा नम्बर १ ले विपन्न लक्षित कार्यक्रम अन्तर्गत सहयोग सुरु गरेको छ । वडाले गएका वर्षहरुमा जस्तै यस वर्ष पनि गरिब तथा बिपन्न परिवारलाई सहयोग सुरु गरेको हो ।

वडा नम्बर १ बरपिपल टोलका रामबहादुर राजवंशीलाई ठेला प्रदान गरिको छ । टोलमै चटपटे व्यवसाय गरेर जिबिकोपार्जनको लागि ४२ हजार रुपैयाँ मुल्यको ठेला प्रदान गरिएको वडाअध्यक्ष तथा नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिनुभयो।

वडाले ठेला उपलब्ध गराउँदा आफुलाई खुशी लागेको राजवंशीले प्रतिक्रिया दिनुभएको छ । वडा कार्यालयका अनुसार बिगतका वर्षहरुमा पनि ठेला लगायत विभिन्न आत्मनिर्भर बनाउने सामग्री प्रदान गरिएको र यस वर्ष पनि सोहि कार्यक्रमलाई निरन्तरता दिने बताइएको छ ।

प्रकाशित मिति : मंसिर १२, २०८१ बुधबार  १० : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]