बिर्तामोडमा हाजिर भए हाकिम
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराई आजदेखी हाजिर भएका छन् । एक कार्यक्रमकाबीच नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले स्वागत गरेका हुन् ।
सूर्योदय नगरपालिका इलामबाट सरुवा भएर आएका भट्टराईलाई जनप्रतिनिधि र कर्मचारीहरुले स्वागत गरेका छन् । उनले आजैदेखि कार्यभार सम्हालेका छन् ।
दशैंअघिदेखी रिक्त भएको बिर्तामोडको प्रमुख प्रशासकीयको पदमा भट्टराईको हाजिर भएसँगै रोकिएका कामहरु तीब्र गतिमा अघि बढ्ने विश्वास गरिएको छ ।