बैशाख २७, २०८२ शनिबार

कटहरबारी हुँदै हल्दीबारी जोड्ने सडकमा कालोपत्र

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ८ स्थित कटहरबारी हुँदै हल्दीबारी जोड्ने सडकमा कालोपत्रे सुरु गरीएको छ ।

एक हजार २३७ मिटर सडकमा आइतवारदेखि कालोपत्रे गर्ने काम सुरु गरिएको हो । बिर्तामोडमा महिला मेयर भएकै कारण शहरी विकास मन्त्रालयले दिएको सघन सहरी विकास कार्यक्रम अन्तर्गत १३ करोड रुपैयाँबाट उक्त सडक कालोपत्रे गरिएको हो । यस रकमबाट ६ वटा सडकको स्तरोन्नती र एउटा भवन निर्माण हुँदैछ ।

७ वटै योजनाको एकमुष्ठरुपमा शान्ति उद्धेश्य निर्माण सेवाले भ्याटबाहेक ६ करोड ३१ लाख रुपैयाँमा ठेक्का लिएर काम गरिरहेको छ । यो सडकमा सोमवार काम सम्पन्न हुने र मंगलबार देखि वडा नम्बर ३ को करेलाबारीबाट ग्रामकाली टोल हुँदै बिराटपोखर विद्यालय जाने एक हजार तीन सय मिटर सडक कालोपत्रे गर्ने ठेकेदार नयन बरालले जानकारी दिए । यो सडकमा यस अघि नै प्राइम लगाइएको छ ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईले सघन सहरी विकास कार्यक्रम अन्तर्गत वडा नम्बर १ को धर्मकाँटा उत्तर लोकतान्त्रिक मार्ग, अतिथि सदन रोड, वडा नम्बर २ को बानालाल मार्ग, वडा नम्बर ८ स्थित कटहरडाँगी हुँदै हल्दीबारी जोड्ने सडक, वडा नम्बर ३ को करेलाबारीबाट ग्रामकाली टोल हुँदै बिराटपोखर विद्यालय जाने सडक, पूर्व पश्चिम राजमार्गबाट दक्षिण बुट्टाबारी एभरेष्ट स्कुल हुँदै हरिहर आश्रम देखि मियाबारी बिर्ता बजार जोड्ने सडकको स्तरोन्नती र वडा नम्बर ६ को हरियाली सामुदायिक भवन निर्माण भईरहेको जानकारी दिनुभयो ।

प्रकाशित मिति : मंसिर १६, २०८१ आईतबार  ८ : १९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]