माघ ८, २०८१ मंगलबार

लागुऔषध बेचेको आरोपमा बिर्ताबजारबाट मेडिकल व्यवसायी पक्राउ

बिर्तामोड, २० मंसिर : झापाको बिर्तामोड नगरपालिका वडा नम्बर – ३ बिर्ताबजारबाट लागुऔषध बेचेको आरोपमा एकजना मेडीकल व्यवसायी पक्राउ परेका छन् ।

बिर्ताबजारमा सन्चालनमा रहेको मुटु पोलिक्लिनिक एण्ड हाडजोर्नी नसा सेन्टरका सञ्चालक राजेन्द्र शाह पक्राउ परेका हुन् । उनलाई डाक्टरको प्रेस्किप्सन बिना दिन नहुने ट्रामाडोल, प्रोक्सिवन, प्रेगावालिन लगायतका नशा दिने औषधी खुलमखुल्ला विक्रीवतरण गरेको पाईएपछि जनप्रतिनिधि तथा स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका हुन् ।

ईलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी प्रकाश विष्टले औषधीसहित एक जना पक्राउ परेको र उनको साथमा फेला परेको औषधीको विषयमा जाँचबुझ भईरहेको जानकारी दिनुभयो ।

बिभिन्न समयमा अनाधिकृतरुपमा औषधी विक्री गरेको जानकारी आएपछि पटक-पटक सम्झाउँदा पनि नसुध्रिएपछि प्रहरीलाई जिम्मा लगाईएको वडा नम्बर ३ का वडासदस्य हरि बाँस्कोटाले जानकारी दिनुभयो ।

शाहले मेडिकलको पछाडी पटी सिँढीमुनी राखेर विभिन्न ग्रुपलाई विक्री गर्ने गरेको नेकपा एमाले बिर्तामोड ३ का अध्यक्ष कोशिस घिमिरेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : मंसिर २०, २०८१ बिहीबार  ६ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]