माघ ८, २०८१ मंगलबार

दमकमा बन्यो बहुपयोगी १८ तले भवन, प्रधानमन्त्री ओलीद्वारा आइतबार उद्घाटन हुँदै

झापा, २२ मङ्सिर – दमकमा बहुपयोगी १८ तले भवन निर्माण भएको छ । दमक नगरपालिका–३ दापगाछीमा रु। एक अर्ब ४५ करोडको लागतमा निर्मित भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतबार उद्घाटन गर्ने कार्यक्रम छ ।

‘दमक बिजनेस कम्प्लेक्स’ नामकरण गरिएको उक्त भवन चिनियाँ निर्माण कम्पनी जेडसिजीआइआइसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा बनाएका हुन् । सरकारले विकास समितिमार्फत भवन सञ्चालनको तयारी गरेको सहरी विकास तथा भवन निर्माण आयोजनाका इन्जिनियर भूपेन्द्र यादवले बताउनुभयो । व्यापारिक प्रयोजनका निम्ति भवन उपयुक्त रहेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नै पाँच वर्षअघि भवन निर्माणको शिलान्यास गर्नु भएको थियो ।

यसैबीच, प्रधानमन्त्री ओलीले मेचीनगर – ४ बाहुनडाँगीस्थित मानव आश्रम भवनको भोलि नै उद्घाटन गर्ने कार्यक्रम छ । उहाँका साथ प्रथम महिला राधिका शाक्य पनि भवन उद्घाटन कार्यक्रममा सहभागी हुने नगरप्रमुख गोपाल बुढाथोकीले बताउनुभयो ।

प्रकाशित मिति : मंसिर २२, २०८१ शनिबार  ४ : २७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]