माघ ८, २०८१ मंगलबार

कर्णालीले बिराटनगरलाइ ७ रनले हरायाे

काठमाडौं, २२ मंसीर ।  नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लगातार दोस्रो जित हासिल गरेको छ । र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न रोमाञ्चक खेलमा कर्णालीले विराटनगरलाई सात रनले हरायो ।

कर्णालीले प्रस्तुत गरेको १३४ रनको सामान्य लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा आठ विकेट गुमाउँदा मात्र १२६ रन बनाउन सक्यो ।

कर्णालीको जितमा नन्दन यादवले तीन ओभरमा १२ रन खर्चिँदै सर्वाधिक तीन विकेट लिए । त्यस्तै विपीन शर्माले चार ओभरमा एक मेडनसहित २० रन खर्चिएर दुई विकेट हासिल गर्दा विलियम बोसिस्टो र युनिश ठकुरीको नाममा समान एक विकेट रह्यो ।

विराटनगरको जितमा पाँचौं नम्बरका ब्याटर निकोलस किर्टोनले ३९ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक   ४० रनको योगदान गरे । त्यस्तै ओपनर लोकेश बमले १९ रनको योगदान गर्दा मध्यक्रमका ब्याटर दीपक बोहराले १८ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

प्रकाशित मिति : मंसिर २२, २०८१ शनिबार  ४ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]