जेष्ठ ३, २०८२ शुक्रबार

प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको भवन उद्घाटन

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको मेचीनगर नगरपालिका–४, आमडाँडीस्थित मानवसेवा आश्रमको जिल्ला कार्यालयको भवन उद्घाटन र मानवसेवा स्मारकको भवन शिलान्यास गरेका छन् ।

प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यले सो भवनको उद्घाटन र शिलान्यास गरेका हुन् । कार्यक्रममा आश्रमका लागि दुई बिघा पाँच कट्ठा जग्गा दिने स्थानीय रामबहादुर प्रधान र परिवारलाई सम्मान गरिएको थियोे ।

प्रधानमन्त्री ओलीले सो आश्रमको भवन निर्माणका लागि आफ्नो एक महिनाको तलब र प्रथम महिला शाक्यले दुई महिनाको पेन्सन रकम दिने घोषणा गरे । प्रधानमन्त्री ओलीको घोषणापछि अन्य अतिथि र जनप्रतिनिधिले पनि सहयोगको घोषणा गरेका थिए ।

 

प्रकाशित मिति : मंसिर २३, २०८१ आईतबार  ७ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]