जेष्ठ ३, २०८२ शुक्रबार

भ्यू टावर कसले नाम राख्यो ? यो व्यापारिक कम्प्लेक्स हो : प्रधानमन्त्री

आधुनिक शहर बनाउने घोषणा, पर्यटनको प्रमुख गन्तव्य बनाइने

दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्सको उद्घाटन गर्नुभएको छ । कम्प्लेक्सको उद्घाटन गर्दै सो क्षेत्रलाई आधुनिक शहर बनाउने घोषणा गर्नु भएको हो ।

१०० मिटर अग्लो र १८ तले सो कम्प्लेक्सको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नयाँ तरिकाको विकास कसरी गर्न सकिन्छ भन्ने कुराको नमुना भएको पनि बताउनु भएको छ । साथै कम्प्लेक्स निर्माणले रोजगारी र पर्यटन वृद्धि हुने उहाँको धारणा थियो । कम्प्लेक्स सञ्चालन गर्दा लाखौंले रोजगारी पाउने उहाँको भनाई थियो ।

विश्वका ठूला मुलुकमा पनि आर्थिक स्रोत र पहिचानको लागि यस्ता अग्ला भवन बनेको उदाहरण समेत प्रस्तुत गर्नुभएको थियो । ट्वीन टावर, बैंककको टावर, दुवईको ब्रुज खलिफा जस्ता टावर बनाउदा पनि आलोचना भएको उदाहरण दिदैं प्रधानमन्त्री ओलीले दमक व्यापारिक कम्प्लेक्समाथि पनि अनावश्यक टिप्पणी भएका बताउनुभयो । यो दमक र झापाको पहिचान हो, उहाँले भन्नुभयो – यसले झापालाई चिनाउने छ । अर्को यसको नाम कसले भ्यू टावर राखेको ? यो व्यापारिक कम्प्लेक्स हो । सबैले यसको महत्व विस्तारै बुझ्दै जानेछन् ।

मुख्य बजार क्षेत्रबाट चार किमी दुरीमा पर्ने सो १८ तले कम्प्लेक्स रु एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा बनेको हो ।

चार बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको नेपालकै अग्लो टावर रहेको सो कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा छ ।

देश चलाउन सहकारी ठगेजस्तो हुन्न
प्रधानमन्त्री ओलीले देश चलाउन सहज नहुने बताएका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो । देश चलाउन, सिद्धान्त, नीति, संकल्प र अठोट चाहिने जिकिर गर्दै भन्नुभयो, ‘कोही भ्रममा नपर्नु भए हुन्छ । देश चलाउन सिद्धान्त चाहिन्छ, नीति चाहिन्छ, संकल्प चाहिन्छ, अठोट चाहिन्छ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेतर्फ इंगित गर्दै देश चलाउन सहकारी ठगेजस्तो सहज नहुने तर्क प्रस्तुत गर्नुभएको थियो । ‘सहकारी ठगेजस्तो हुँदैन, देश चलाउन । अरुलाई बुरुकबुरुक उफ्रिएर मुख छाडेजस्तो हुँदैन, देश चलाउन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि रास्वपा सभापति लामिछाने अहिले प्रहरी हिरासतमा छन् ।

प्रकाशित मिति : मंसिर २३, २०८१ आईतबार  ९ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]