बैशाख २५, २०८२ बिहीबार

एनपीएलः दाेस्राे खेलमा कर्णाली र पोखरा भिड्दै

काठमाडाैं, २५ मंसिर। आज नेपाल प्रिमियर लिग (एनपीएल) को साेरहाै र सत्राैं खेल हुदैँछ । आजको दाेस्राे खेलमा पाेखरा एभेन्जर्स र कर्णाली याक्सका बिचमा प्रतिस्पर्धा हुदैँछ ।

त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुदैँछन् । सो खेल दिउँसाे १ः०० बजेवाट सुरू हुनेछ । आज हुने दाेस्राे खेलमा पाेखराबाट कुशल भुर्तेल र कर्णालीवाट साेमपाल कामीले नेतृत्व गर्नेछन ।

एनपीएल अघिल्लाे शुक्रवारवाट सुरू भएको थियो ।  एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ । एनपीएलको उद्घाटन कार्यक्रममा विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउनेछन् भने  प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ।

पोखरा एभेन्जर्स

कुशल भुर्तेल – मार्की, सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलीप नाथ, त्रित राज दास, सुनाम गौतम, दिनेश खरेल, अमृत गुरुङ, आन्द्रेस गौस (अमेरिका), बास डे लिडे (नेदरल्यान्ड्स), म्याट क्रिचली (इंग्ल्यान्ड), रेमन राइफर (वेस्ट इन्डिज), माइकल लिस्क (स्कटल्यान्ड), सुदिप आर्याल (आइकोनिक)।

कर्णाली याक्स

सोमपाल कामी– मार्की, गुलशन कुमार झा, नन्दन यादव, मौसम ढकाल, अर्जुन घर्ती, देव खनाल, रित गौतम, भुवन कार्की, दिपेन्द्र रावत, दिपक डुम्रे, युनिसविक्रम सिंह ठकुरी, शिखर धवन (भारत), बाबर हायत (हङकङ), चाडविक वाल्टन (वेस्ट इन्डिज), जीशान मक्सुद (ओमान),  विपिन शर्मा (आइकोनिक)।

प्रकाशित मिति : मंसिर २५, २०८१ मंगलबार  ७ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]