बैशाख ८, २०८१ शनिबार

झापा प्रहरीले समात्यो ५० लाखको अवैध कपडासहित पिकअप, झापाका व्यापारीको इलामतिर धन्दा

झापा । झापामा लामो समयदेखि अवैध, तस्करीमा क्रियाशिल व्यापारीहरुले इलाममा गोदाम राखेर व्यापार गरिरहेको खुलासा भएको छ । झापा प्रहरीले मेचीनगर–१२ धाइजनबाट बिहीवार पिकअप सहित बरामत गरेको कपडा सार्वजनिक गरेसँगै यस्तो खुलासा भएको हो ।

झापामा प्रहरीले कडाइ गरेपछि विभिन्न नाकाबाट इलामको बाटो हुँदै अवैध रुपमा कपडा भित्राएर फर्जी विल मार्फत व्यापार गरिरहेको भेटिएको छ । विशेष सुराकीको आधारमा बरामत गरिएको करिव ५० लाख बराबरको कपडा जिल्ला प्रहरी कार्यालय झापाले राजश्व अनुसन्धान विभाग इटहरीलाई बुझाएको छ । शुक्रवार पत्रकार सम्मेलनपछि कपडा बुझाएको प्रहरीले बताएको छ ।
केही दिनअघि इलाका प्रहरी कार्यालय पशुपतिनगरले करिब १५ लाखको लत्ताकपडा बरामद गरेको घटना सेलाउन नपाउँदै झापा प्रहरीले ५० लाख मूल्य बराबरको लत्ताकपडासहित मे १ ज १८०७ नम्बरको पिकअप भ्यान नियन्त्रणमा लिएको छ ।

बरामद गरिएको सामानमा नेट, सुती तथा फेन्सी साडी, कुर्ता सुरुवाल, सर्ट तथा थान कपडा गरी १६ प्रकारको लत्ताकपडा रहेको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । पिकअप चालक विकास राजवंशीसँग लत्ताकपडाको बिल भेटिएको छ,’ प्रहरी उपरीक्षक कोइरालाले भने, ‘बिलमा शिव स्टोर भद्रपुरले सो सामान काठमाडौँ श्रेष्ठ एण्ड सप्लायर्सलाई बेचेको भन्ने उल्लेख छ ।’

‘बिलसहित सामानको अनुसन्धान गर्दा भद्रपुरबाट काठमाडौँ बिक्री गरेको खुलाएको छ, तर सामान इलामबाट झापा आएको थियो । सो सामान भन्सार छलेर नै भित्राएको हो,’ उनले भने ।’ बिलमा सामानको मूल्य १४ लाख २८ हजार उल्लेख गरिएको र भिसिटिएस सिस्टमबाट सामान पठाउनु पर्नेमा त्यो पनि नभेटिएको उनको भनाई छ ।

प्रकाशित मिति : फाल्गुन २, २०७६ शुक्रबार  ६ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]