असार १९, २०८२ बिहीबार

एनपिएल : चितवन राइनोजले ट्स जित्यो

काठमाडौँ, ३ पुसः नेपाल प्रिमियर लिग (एनपिएल) को इलिमिनेटर खेलमा चितवन राइनोजले कर्णाली याक्सविरुद्ध टस जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । यससँगै कर्णाली याक्सले पहिला ब्याटिङ गर्नेछ ।

यस खेलको विजयी टोलीले फाइनल प्रवेशका लागि आजै हुने पहिलो क्वालिफायरको पराजित हुने टोलीसँग भोलि खेल्नेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज हुने पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल दिउँसो १ः०० बजे हुनेछ ।

प्रकाशित मिति : पुष ३, २०८१ बुधबार  ९ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]