बैशाख २७, २०८२ शनिबार

बिर्तामोडमा अपाङ्गता भएकाहरुको लागि स्वास्थ्य शिविर सुरु

बिर्तामोड । बिर्तामोडमा अपाङ्गता भएका व्यक्तिहरुको लागि स्वास्थ्य शिविर सुरु भएको छ । वडा नम्बर ६ को कार्यालयमा शुक्रवार स्थानीय अपाङ्गता समन्वय समितिका संयोजकसमेत रहनु भएका नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले शिविर उद्घाटन गर्नुभयो ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख संग्रौलाले प्रदेश सरकार र करुणा फाउण्डेसनको सहयोगमा नगरपालिकाले आयोजना गरेको यस शिविरबाट भरपुर लाभ लिन सबैलाई आग्रह गर्नुभयो ।

कम्तिमा ६ देखि ९ महिनासम्ममा अनिवार्य स्वास्थ्य जाँच गर्नुपर्नेमा जोड दिँदै उहाँले ललितपुर रोटरी क्लबको सहयोगमा बिर्तामोडमा ७६ वटा व्हीलचियर वितरण गर्ने जानकारी समेत दिनुभयो । उपप्रमुख संग्रौलाले शिविरमा आउन नसक्नेहरुको लागि घरैमा पुगेर सेवा दिने पनि बताउनु भयो ।

यस्तै वडा नम्बर ६ का वडाअध्यक्ष सूर्यप्रसाद कन्दङ्वाले यस अघिको समयमा अपाङ्गता परिचयपत्र मात्रै वितरण गरेको भएपनि यो शिविर प्रभावकारी हुनेमा विश्वास व्यक्त गर्नुभयो । पुस ५ देखि सुरु भएको शिविर१४ गतेसम्म सञ्चालन हुने छ ।

तालिका अनुसार शनिवार पुस ६ गते १ नम्बर वडा कार्यालय, ७ गते वडा नम्बर २ को वीर अमरसिंह माध्यमिक विद्यालय, ८ गते ८ नम्बर वडा कार्यालय, ९ गते वडा नम्बर ९ को शहिद लक्ष्मी प्रा.वि, १० गते वडा नम्बर १०को वडा कार्यालय, ११ गते वडा नम्बर ४ को पशुपंछि तथा मत्स्य विकास शाखाको कार्यालय, १२ गते वडा नम्बर ५ को देवी माध्यमिक विद्यालय, १३ गते वडा नम्बर ७ को जनता प्रा.वि र १४ गते वडा नम्बर ३ को महेन्द्र रत्न माध्यमिक विद्यालयमा शिविर सञ्चालन हुने छ ।

सामाजिक विकास मन्त्रालय, विर्तामोड नगरपालिका र करुणा फाउण्डेशन नेपालको त्रिपक्षीय लागत साझेदारी तथा राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक साझेदारीमा सञ्चालित अपाङ्ग रोकथाम तथा पुनः स्थापना कार्यक्रम अन्तर्गतको यस शिविरमा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षणसंगै आवश्यकता पहिचान र परिचय–पत्र वितरण गरिनेछ ।

पहिलो दिन ६३ जनाले सेवा लिएका छन् । जसमध्ये १३ जनाले नयाँ अपाङ्गताको परिचय पत्र प्राप्त गरेको जनाइएको छ ।

प्रकाशित मिति : पुष ५, २०८१ शुक्रबार  ६ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]