जेष्ठ ५, २०८१ शनिबार

पाँचथर प्रकरण : घटनाअघि नै मार्ने हल्ला

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिकाको आरुबोटेमा आज भएको हत्याको घटनामा ज्वाई भनिएका मान बहादुर माखिमको संलग्न भएको प्रमाण बलियो हुदै गएको छ । माखिमले आफन्तलाई मार्ने धम्की समेत दिएको खुलासा भएको छ । उनले मार्ने धम्की दिएका आफन्तले माखिमले अपराध गर्न लागेको गाँईगुई घटना अघि नै चलेको थियो ।


९ जनाको विभत्स हत्या भएको स्थानदेखि नजिकै उनै ज्वाई माखिम झुण्डिएको अवस्थामा फेला परेपछि घटनामा उनको संलग्नता भएको अनुमान गरिएको छ ।
श्रीमति मनकुमारीसँग सम्बन्ध राम्रो नभएपछि माखिमसँग सम्बन्ध विग्रिएको थियो । स्थानीयका अनुसार मनकुमारी र मान बहादुरको सम्बन्ध विच्छेद गर्ने प्रक्रिया चलिहरको थियो । श्रीमतिसँगको सम्बन्धका कारण उनले हत्या गरेको शंका गरिएको छ ।


हत्या हुनेमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू छन् । प्रहरी अनुसन्धानको टोली घटनास्थल नपुगिन्जेलका लागि सो घरमा शिल गरिएको पाँचथरका पत्रकार रविन्द्र काफ्लेले जानकारी दिएका छन् ।

प्रकाशित मिति : जेष्ठ ७, २०७६ मंगलबार  ३ : २५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]