जेष्ठ ६, २०८२ सोमबार

धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने

सुनसरी, १८ पुसः धरान उपमहानगरपालिकाले धरान दिवसका अवसरमा धरान उत्सवको आयोजना गर्ने भएको छ ।

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले यही पुस २० देखि २४ गतेसम्म धरान उत्सवको आयोजना गरिएको बताउनुभयो । पुस २० गते विभिन्न सङ्घसंस्थाका झाँकी र ¥यालीले बजार परिक्रमापछि धरान उपमहानगरपालिका–१६ स्थित रङ्गशालामा उत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “उत्सवका लागि उपमहानगरपालिकाले पुस १९ गते शुक्रबार उत्सव क्षेत्रमा बृहत् सरसफाइ गर्ने छ ।” धरान उपमहानगरपालिका १६ स्थित रंगशालाको दक्षिणपट्टिको खाली मैदानमापुस पुस २० गतेदेखि हुने उत्सवमा उद्घाटन कार्यक्रममा योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान गरिने कार्यक्रम राखिएको छ भने उत्सवस्थलमा शैक्षिक, कला साहित्य, खाद्य प्रदर्शनी तथा बिक्री कक्ष राखिने नगरप्रमुख राईले बताउनुभयो ।

पुस २१ गते साइक्लिङ र साहित्य सम्मान कार्यक्रम, पुस २२ गते इस्टर्न सिङ्गिङ सुपर स्टार सिजन–१ र लोक जुहारी कार्यक्रम रहने छन् भने पुस २३ गते वाकाथुन, रस्सी तान र छेलो हान्ने कार्यक्रम रहेको छ । पसस २४ गते श्रमदाता ¥याली, सांस्कृतिक झाँकी प्रस्तुति, प्रशंसापत्र वितरण र धन्यवाद ज्ञापन कार्यक्रम गरेर उत्सवको समापन गरिने नगर प्रमुख राईले जानकारी दिनुभयो ।

उपमहानगरपालिकाले हरेक वर्ष पुस २० गतेलाई धरान दिवसका रुपमा मनाउने गरेको छ । कार्यक्रम अवधिभर एम्बुलेन्ससहित स्वास्थ्य सेवा, पोषण परामर्श, आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिको प्रचारका साथै मनोरञ्जनात्मक नृत्य तथा सांस्कृतिक कार्यक्रम र बाल मनोरञ्जनका खेलहरुको आयोजना गरिने बताइएको छ ।

प्रकाशित मिति : पुष १८, २०८१ बिहीबार  ९ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]