दुर्घटनामा घाइते निश्चल राजभण्डारीको निधन
भद्रपुर । भद्रपुर नगरपालिकाकी पूर्व उपप्रमुख चन्द्रमाया श्रेष्ठको २९ वर्षीय छोरा निश्चल राजभण्डारीको आज साँझ निधन भएको छ । भद्रपुर– ८ निवासी निश्चल र उनकी श्रीमती पूजा राजभण्डारी तीनदिन अघि भक्तपुरको सानोठिमीमा स्कुटर दुर्घटनामा परी गम्भीर घाइते भएका थिए ।
घाइतेमध्ये निश्चलको नर्भिक हस्पिटलमा सघन उपचारकक्षमा उपचारको क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । कानुन व्यवसायी समेत रहेकी चन्द्रमायाको निश्चल एक्लो सन्तान थिए ।
पूजाको उपचार भइरहेको छ । निश्चल र पूजा अध्ययनका लागि अस्ट्रेलियामा बसेर केही दिन अघि मात्रै भद्रपुर घर आएका थिए । दुवै जना अस्ट्रेलिया उड्ने योजनामा थिए । अस्ट्रेलिया जानु अघि उनीहरू बजारबाट सामान किनेर भक्तपुरको निजी निवासमा फर्कने क्रममा कुकुरले सडकमा अवरोध पु¥याएपछि स्कुटर अनियन्त्रित भई दुर्घटनामा परेका थिए ।