जेष्ठ ६, २०८२ सोमबार

दुर्गेश्वरी कृषि सहकारी संस्थाको १६औं वार्षिक साधारणसभा सम्पन्न

मेचीनगर । झापाको मेचीनगर ८ स्थित दुर्गेश्वरी कृषि सहकारी संस्थाको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको शुक्रबार सम्पन्न वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले गरेकी थिइन् ।
कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख उप्रेती, मेचीनगर ८ का वडाध्यक्ष गिरीराज धमला, बचत तथा ऋण सहकारी संघ झापाका उपाध्यक्ष विपि भट्टराई, बिन्ती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दशरथ खडियालगायतका अतिथिले शुभकामना मन्तव्य राखेका थिए ।
अध्यक्षको प्रतिवेदन उपाध्यक्ष सन्तोष मेचेले प्रस्तुत गरेको कार्यक्रममा लेखा प्रतिवेदन तथा संस्थाको आयव्यय प्रतिवेदन व्यवस्थापक गंगाप्रसाद मेचेले प्रस्तुत गरेका थिए ।
संस्थाले साधारणसभाको अवसरमा संस्थाका संस्थापक सदस्यहरूलाई नगदसहित दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरिएको थियो । त्यस्तै सोही क्षेत्रबाट समानुपातिक कोटा तर्फबाट संविधान सभा सदस्य रहेका चन्द्रलाल मेचेलाई सम्मान गरिएको थियो । उक्त सम्मान पत्र उनको परिवारले बुझेका थिए ।
२०६५ सालमा ३५ जना सदस्य र २० हजार नगदबाट सुरू गरिएको सहकारी संस्थामा अहिले १ हजार ९३९ जना शेयर सदस्य पुगिसकेका छन् । स्थापनाकालदेखि नै ग्रामीण क्षेत्रलाई आफ्नो कार्यक्षेत्र बनाएर कार्य सम्पादन गरिएको यस संस्थाको कुल कारोबार ५ करोड ९ लाख २४ हजार ६७१ रूपैयाँ रहेको छ ।
संस्थाको अध्यक्ष खिला मेचेको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत लेखा समिति सदस्य लक्ष्मी अधिकारीले गरेकी थिइन् भने, कार्यक्रम सञ्चालन सचिव रेवन्तराज पोख्रेल (अर्जुन) ले गरेका थिए ।
संस्थाले आज नै नयाँ नेतृत्व समेत पाउने छ । आगामी कार्याकालको लागि नयाँ नेतृत्व सर्वसम्मत चयन हुने जनाइएको छ ।

प्रकाशित मिति : पुष १९, २०८१ शुक्रबार  ३ : २३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]